एनआरएनए जापानका नवनिर्वाचित २०२३–२०२५ कार्यसमितिको सपथग्रहण सम्पन्न, सबै संघसंस्थासँग सहकार्य गर्ने अध्यक्ष निउरेको भनाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  332 पटक हेरिएको

जापान, साउन २८ । 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको (२०२३–२०२५) नवनिर्वाचित कार्यसमितिको शनिबार पद तथा गोपनियताको सपथग्रहण सम्पन्न भएको छ । यहि जुलाई २९ र ३० तारिक सम्पन्न भएको महाधिबेशन र निर्वाचनको परिणाम सँगै नबिन निउरेको नेतृत्वको नयाँ कार्यसमितिले शनिबार एक औपचारिक कार्यक्रमका बिच पद तथा गोपनियाताको सपथग्रहण खाएको हो । जापानका लागि नेपाली राजदुत महामहिम डा.दुर्गा प्रसाद सुबेदीको उपस्थितिमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएको हो । सपथ ग्रहण सँगै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानका नवनिर्वाचित अध्यक्ष नबिन निउरेको नयाँ कार्यसमितिले औपचारिक रुपमा (२०२३–२०२५) कार्यसमितिको कार्यभार सम्हालेका हुन भने (२०२१–२०२३) कार्यकालका अध्यक्ष शिब प्रसाद पौडेलको कार्यसमितिलाई बिदाई गरिएको थियो ।

सपथग्रहण कार्यक्रममा एनआरएनए जापानको नयाँ कार्यसमितिसँगै जापानबाट आईसिसि सदस्यमा निर्वाचित सदस्यहरुलाई पनि पद तथा गोपनियताको सपथग्रहणसँगै प्रमाणपत्र बितरण गरिएको थियो । एनआरएनए जापानको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण कार्यसमितिमा महामहिम राजदुत डा.दुर्गा प्रसाद सुबेदी, आईसिसि उपाध्यक्ष आईसिसि सदस्यहरु, जापान स्थित रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, राजनितिक दलका प्रबास भातृसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा पद तथा गोपनियाता कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्षमा नवनिर्वाचित भएका अध्यक्ष नबिन निउरे जापानबासी दिएको माया, साथ भरोसालाई आत्मसाथ गर्दै आफुले गरेका घोषणा र जापानबासी नेपालीको भावनालाई मध्यनजर गर्दै जापानमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रममा सहभागि बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नवनिर्वाचित कार्यसमितिलाई सफलकार्यकालको शुभकामना सहित जापानमा रहेका नेपालीको भावना र मर्मलाई केन्द्रमा राखेर काम गर्न सुझाब समेत दिएका थिए ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् । 

एनआरएनए जापानको निर्वाचन सम्पन्न (२०२३-०२५) अध्यक्षमा नबिन निउरे र महासचिबमा टिकाराम खरेल निर्वाचित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार