नयाँ भेरियन्टको कोरोना-१९ संक्रमण तिब्र रुपमा फैलिएकोले सतर्क र साबधानी अपनाउन जापानबासी नेपालीहरुलाई राजदुताबासको अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  466 पटक हेरिएको

जापान, साउन २८ ।  

जापानमा नयाँ भेरियन्ट सहितको कोभिड -१९ को संक्रमण तीब्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा नेपाली रादूतावास टोकियोले संक्रमण हुनबाट बच्न अनुरोध गर्दै सुचना जारी गरेको छ । दुतावासले बिहिबार एक सुचनामा जारी गर्दै कोभिड महामारीबाट जोगिनका लागि अनावश्यक भीडभाडबाट टाढा रहने , घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने लगायत सुरक्षा सतर्कताका सम्पूर्ण उपायहरूको पूर्ण पालना गर्न र गराउन सम्पूर्ण जापानवासी नेपालीहरुमा अनुरोध गरेको हो ।

यसका साथै, टोकियो र नागोया लगायतका स्थानहरूमा नेपाली नागरिकहरूबाट सञ्चालित केही रेष्टुरेन्टहरूमा नेपाली नागरिकहरू जमघट हुँदा मास्क नलगाउने , पेय पदार्थ सेवन गर्ने र नाचगान गर्ने जस्ता कार्यहरू भएको जानकारीमा आएको हुँदा त्यस्ता कार्यहरू नगर्नका लागि नेपाली समुदायलाई सजग गराइदिन जापानको परराष्ट्र मन्त्रालयबाट समेत अनुरोध भई आएको भन्दै सचेत हुन आग्रह पनि गरिएको छ ।

पछिल्लो समय जापानमा दिनप्रति दिन १८ हजारको हाराहारीमा कोरोना भाईरस संक्रमितहरु भेटिएका छन भने जापानको फुकुओकामा पनि कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिएको छ ।

राजदुताबासद्धारा जारी सुचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार