काठमाडौं, साउन २८ ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी २८ वर्षीया महिला रहेको जनाएको छ। यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।
गएराति बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुको तौलिहवाका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा अर्का एक पुरुषको पनि मृत्यु भए पनि उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।
यसैगरी मंगलबार राति नै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ का संक्रमितको मृत्यु भएको थियो । पछिल्लो समय काठमाण्डौँमा कोरोना संक्रमण संख्या उल्लेख्य बृद्धि भएसँगै जोखिम बढेको छ । सरकारले संक्रमण बढेसँगै काठमाण्डौ महानगरपालिका र स्वास्थ्य मन्त्रालय बिच सहकार्य गरि कोरोना रोकथामका उपाय, कार्यबिधि र कार्यदल गठन गरि काम गर्ने जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।