काठमाडौं, साउन २७ ।
पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । आज मात्र कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ उनीहरुमध्ये ८३ जनाको मृत्यु भएको छ भने १६ हजार ६६४ निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबक्ता डा.जगेश्वर गौतमले जनाएको छ ।
धनुषा र सिन्धुपाल्चोकमा गरि दुई जनाको मृत्यु
कोरोना संक्रमणबाट धनुषा र सिन्धुपाल्चोकका एकरएक जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल, जनकपुरधाममा उपचाररत विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । क्षयरोग र निमोनियाका बिरामी रहेका उनको पछिल्लो १८ दिनदेपख आईसीयूमा उपचार भइरहेको थियो ।
यस्तै साउन २२ गते मृत्यु भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ८४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
काठमाडौं उपत्यकामा मात्र १३४ जना कोरोना संक्रमित
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४६२ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा काठमाडौं उपत्यकामा मात्र १३४ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंका ११०, ललिपतुरका १६ र भक्तपुुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही र सुनसरीका ३३र३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरी र सिराहाका १३ र १३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्की र सुर्खेतका ५ र ५ जना, काभ्रे ४, चितवन र नुवाकोटका ३ र ३ तथा पर्वत, सल्यान, दैलेख, बाग्लुङ, तनहुँ, नवलपरासी र ओखलढुंगाका २ र २ मा संक्रमण देखिएको छ ।
यस्तै रामेछाप, धनकुटा, रुकुम पश्चिम, सिन्धुपाल्चोक, खोटाङ, स्याङ्जा, अछाम, अर्घाखाँची, दोलखा, इलाम, जाजरकोट, कालीकोट, पाँचथर, दार्चुला, बर्दिया, मकवानपुर र गोरखाका १ र १ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।