काठमाँडौ, साउन २६ ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जदार्दन शर्मा ( प्रभाकर)ले मुलुकको वर्तमान आर्थिक अवस्थासम्बन्धमा ‘श्वेतपत्र’ जारी गरेका छन् । अर्थमन्त्री शर्माले मंगलबार संघीय संसदमा ‘आर्थिक श्वेतपत्र’ जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले २०७४ मा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६–७७ मा २ खर्ब १६ मा पुगेको स्मरण गराएका छन् । ‘आर्थिक वर्ष २०७७–७८ सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटापूर्तिमा लगाउने हो भने पनि १ खर्ब ४३ अर्बले सञ्चित कोष घाटामा रहेको देखिएको छ’– अर्थमन्त्री शर्माले श्वेतपत्रमा उल्लेख गरेका छन् ।
पूर्ववर्ती खड्ग ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत ल्याएको बजेट खारेज गरी संसदमार्फत प्रस्तुत गरेर पास गराइने गरी नयाँ बजेट ल्याउने समेत अर्थमन्त्री शर्माले घोषणा गरेका छन् । प्रतिनिधि सभामा अहिलेको सरकारले के. पि ओलि सरकारले केहि पनि नगरेको आरोप लगाएको भन्ने गुनासो गरेका थिए त्यसको जबाफमा अर्थमन्त्री शर्माले कुनै पनि सरकारलाई आरोप नभई हालको यथार्थ स्थितिको बारेमा जानकारी गराएको बताएका थिए ।
सरकारद्वारा जारी स्वेतपत्रको पूर्णपाठ