अन्तराष्ट्रिय हवाई उडान र लामो दुरीका यातायात भदौ १५ देखि मात्रै खोल्ने सिसिएमसीको निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  526 पटक हेरिएको

काठमाण्डौँ, साउन २६ ।  

हिजो बसेको सिसिएमसीको मिटिङ्गबाट हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी अन्तर जिल्लाका का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो।

आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले सो मिति सार्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको एक मन्त्रीले पत्रकारहरुलाई जानकारी दिए। पछिल्लो समय कोरोनाको संक्रमण दर र मृत्युदर समेत बढ्दै गएको अवस्थामा हवाई उडान र लामो दुरीका यातायात सञ्चालन गर्ने मिति सार्ने निर्णय भएको उनले बताए।

सिसिएमसीले गरेको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गरेपछि मात्रै यो कार्यान्वयन हुनेछ। मन्त्रिपरिषदको बैठक आमज बस्दैछ। सिसिएमसी बैठकले उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार