२४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २२ हजार ९७२ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1074 पटक हेरिएको

काठमाण्डौं, साउन २५ ।   

आज नेपालमा २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका ३७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। संक्रिय संक्रमितको संख्या भने ६ हजार पाँच सय ४४ छ।

क्वारेन्टाईनमा ११ हजार ३८ जना रहेका छन् । आईसोलेसनमा ६ हजार बढी रहेका छन् भने १६ हजार ३ सय ५३ निको भएर अहिले सम्म घर फर्किसकेका छन् । आज ४० जना मात्र डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार