जापान, साउन २५ ।
शनिबार, जुलाई ९ तारिख जापानमा हालसम्मकै उच्च कोरोना संक्रमण पुष्टि भएको छ । राती १२ बजेसम्मको अपडेट अनुसार शनिबार जापानभर विभिन्न प्रान्तहरुमा गरि १ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार टोकियोमा ४२९ जना, ओसाकामा १७८ जना, आईचीकेनमा १७७ जना, फुकुओका केनमा १५० जना, खानागावा केनमा १२८ जना, साईतामा केनमा ८४ जना, चिबा केनमा ५३ जना, होक्काईदोमा १३ जना, ह्योगो केनमा ५५ जना, क्योउतोमा २१ जना, हिरोसिमा केनमा १७ जना, ओकिनवा केनमा ८४ जना र अन्य केनहरुमा गरि जम्मा १ हजार ५ सय ६८ जना सन्क्रमण पुष्टि भएको हो ।
जापानको सबै भन्दा बढि सक्रमित रहेको टोक्योमा मात्र शनिबार ४२९ गरि हालसम्म १५ हजार ५ सय ३६ जनामा संक्रमण पुष्टि भई सकेको छ । संक्रमितहरु सँगसँगै टोकियोमा कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या पनि टोकियोमा उल्लेख्य रहेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । टोकियोमा हालसम्म ११ हजार ६ सय ९ जनाले स्वास्थ्य लाभ लिई घर फर्किएको छन् भने हालसम्म ३३३ जनाले कोरोना संक्रमणबाट ज्यान गसमाएको छ ।
टोकियोमा ४२९ जनामा संक्रमण
शनिबार अगस्ट ८ तारिख पनि टोकियोमा एकैदिन ४ सय जनाभन्दा धेरै व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दिउँसो ३ बजेको अपडेट अनुसार शनिबार एकैदिन ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जापानको टोकियोमा संक्रमितहरुको संख्या १५ हजार ५ सय ३६ जना पुगेको छ ।
फुकुओकामा फैलियो कोरोना १५० जनामा कोरोना संक्रमण पुष्टि
शनिबार फुकुओका केनमा एकैदिन १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । फुकुओका सिटिमा ८६, किताक्युशु सिटीमा ३३ र अन्य ३१ जना भने बिभिन्न क्षेत्रको रशेका छन । फुकुओकाका बिभिन्न क्याम्पस, बिश्वबिद्यालय र जापनिज भाषा बिद्यालयमा समेत कोरोना संक्रमण देखएपछि संक्रमण देखिएका बिद्यालयहरु हाल बन्द रहेको छ । फुकुओका स्थि केईजाई बिश्बबिद्यालय, निसिनिहोन एकेडेमी लगायत बिद्यालयहरुमा कोरोना सक्रमण देखिएको थियो । सन्क्रमण फैलिएसङै फुकुओकालाई अधार भुमि बनाएर यहा अध्ययन, ब्यबसाय र बिभिन्न कम्पनिमा काम गरेर बस्ने नेपालि लगायत सम्पुर्णमा महामारिको त्रास देखिएको छ । हाल फुकुओका कोरोना सन्क्रमण फैलिएको संख्याको हिसाबले तेस्रो नम्बरमा रहेको छ ।