एनआरएनए जापानका नवनिर्वाचित कार्यसमितिको सपथग्रहण सम्पन्, मिलेर काम गर्न सुझाव

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  308 पटक हेरिएको


जापान, साउन २४ ।   

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–०२३ का लागि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएको एक हप्ता बिती सक्दा पनि निर्वाचन कमिटी, अध्यक्ष मण्डल र निर्वाचनमा पराजय भोगेका एनआरएनए अभियन्ताहरु एकअर्का प्रति आरोप प्रत्यारोपमा समय बेतित गरीरहेका थिए ।

निर्वाचन समितिका आयुक्त नेत्रप्रकाश भण्डारीले निर्वाचित कार्यसमितिका पदाधिकारीलाई टोकियोको एक रेष्टुरेन्टमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन । सपथ ग्रहण कार्यक्रममा बोल्दई निर्वाचनमा पराजित साथीहरूले लगाईएका आरोप निराधार रहेको भन्दै पराजित र अध्यक्ष मण्डलले निर्वाचन कमिटीलाई नै आफ्नो नियंत्रणमा राख्न खोजीएको र आफुले निर्वाचन कमिटी गठन भएको डे वान देखि नै स्वतःस्फूर्त रूपमा आफुलाई दिएको जिम्मेवारी अनुशासित तवरबाट पूरा गरेको बताएका थिए । आफ्नो ज़िम्मेवारीमाथी हस्तक्षेप गरी निर्वाचनलाई नै बदनाम गर्ने खेल अघिल्लो कार्यसमितिले नै गरेको र आफुलाई ज़िम्मेवारी प्राप्त पछी कुनै पनि प्रकारको धादलि र मतदाताहरुको र पनि परिवर्तन नगरेको स्पष्ट पारेका थिए ।

शिवप्रसाद पौडेलको नेतृत्वमा निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास जापानका द्धितिय सचिव,प्रतिनिधि जीतबहादुर कार्कीले एनआरएनए जापानले नेपाली समुदायको भावनालाई बुझेर सहकार्यमा काम गर्दै अप्ठारो र दुःखमा परेका नेपालीलाई योजनाबद्व र व्यवस्थित सहयोग गरिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राखदै प्रवासी नेपाली मंच जापानका बाबुराम भण्डारीले निर्वाचनका सन्दर्भलाई लिएर देखिएका तिक़्ततालाई मेतदै जापानबासी नेपालीहरुको साझा संस्थाको रूपमा एनआरएनए जापानलाई कार्य गर्न अनुरोध गरे । त्यस्तै अर्का वक्ता प्रवासी नेपाली मंचका सुरेश केसीले आपसी सत्भाव र एकताले नै समृद्धि आउने भएकोले त्यतातर्फ ध्यान दिएर आर्थिक पारदर्शीता सहित संघका गतिविधि संचालन गर्न आग्रह गरे ।

सोही कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् सदस्यमा निर्वाचित श्रवणकुमार सत्यालले निर्वाचित हुनेहरुले फराकिलो मन बनाएर असन्तुष्ट पक्षलाई समेटेर लैजान आग्रह गरे ।
कार्यक्रमको सुरूवात गर्दै निर्वाचन आयुक्त भण्डारीले निर्वाचन समितिले आफ्नो दायित्व र ज़िम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै निर्वाचनका सम्बन्धमा अनावश्यक हल्ला नफ़िज़ाउन आग्रह गरे ।

निर्वाचन समितिका आयुक्त नेत्रप्रकाश भण्डारीले राखेको सपथ ग्रहण कार्यक्रम रोक्नका लागि एसिया प्रशान्त क्षेत्रका संयोजक गोविन्द श्रेष्ठ रोबिन्दले हिजो निर्देशन जारी गरेपछि अन्यौल जस्तो देखिएपनि भण्डारीको अडानका कारण सपथ हुन सकेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार