जापानमा यस बर्षको अन्तिम नेपाल फेस्टिवल नागोयामा हुँदै, तयारी तिब्र

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  137 पटक हेरिएको

जापान, साउन २३ । 


टोकियो र फुकुओका पछि जापानमा यस बर्षको अन्तिम नेपाल फेस्तिवल आगामी सेप्टेम्बर ३ र ४ तारिख नागोयामा हुने भएको छ । नागोयाको साकाय स्थित इडिओन हियासा स्वायर पार्कमा हुने दोश्रो नेपाल फेस्टिवल नागोया २०२२को तयारी तिब्र गतिमा भई रहेको आयोजकले बताएको छ ।

जापानीहरुलाई नेपाली मौलिक परम्परा,कला/संस्कृती, विभिन्न धार्मिक तथा जातिय परम्परागत झाँकीहरुका साथै नेपाली परिकारहरुको प्रदर्शन तथा बिक्री बितरण गर्दै जापानीहरुलाई नेपाल चिनाउने अभिप्रायका साथ आयोजना हुन लागेको नागोया फेस्टिवल संयोजक तथा एनआरएनए आईसीसी सदस्य दीपक कार्कीले जानकारी दिएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुने कार्यक्रममा नेपाल सरकारका विशेष प्रतिनिधिहरु सहित जापान सरकार तथा नागोया लगायतका शहरका विशेष पदाधिकारीहरुलाई सहभागिता गराउने तयारी गरिएको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक मनोज बम मल्लले बताएका छन ।

यस पटकको नागोया नेपाल फेस्टिवलमा रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायक व्यवसायिक फर्महरु सहित २७ वटा स्टलहरु रहने स्टल ब्यबस्थापन संयोजक राजकुमार अधिकारिले जानकारी दिए ।

३ बर्षको कोरोना कहर पछी पहिलो पटक गर्न लागिएको यो फेस्टिवलमा ठाउँ ठाउँमा सेनीटाइजर राखिने भएकोले उपस्थित सबैलाई सेनीटाइजरको प्रयोग गरिदिनु हुन आयोजकले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार