पर्सामा फेरी अर्का मेयर सहित ५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  967 पटक हेरिएको

बीरगञ्ज, साउन २४ ।  

कोरोना महामारीले आक्रान्त बनिरहेको पर्सामा आज थप ५५ जना संक्रमित भएका छन् । बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वाबको नतिजा गएराति आएको थियो । एक जना संक्रमित सर्लाही र ३ जना बाराका बासिन्दा हुन् । ५५ जना मध्य १० जनामा ज्वरो सहितको लक्षण देखिएको छ ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायका अनुसार संक्रमित मध्य ८ जना महिला रहेका छन् । बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए । उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अघि पर्सा एक का सांसद प्रदीप यादव, बीरगञ्ज महानगरका मेयर बिजय सराबगी पनि संक्रमित भएका थिए । छिपहरमाई गाउँपालिका–५ भिस्वाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेहरुमा वीरगन्ज आदर्शनगरका ६ जना, श्रीपुरका ४ जना, मुर्लीका २ जना, नगवाका ४ जना, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन् । पर्सामा हाल सम्म ६ सय जना बढी कोरोना संक्रमित पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार