एजेन्सी, साउन २३ ।
एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ । विमान दुर्घटना शुक्रबार साँझ केरलको कोजिकोडमा भएको बिबिसीले उल्लेख गरेको हो ।
भारतीय मिडीयाका अनुसार उक्त विमान दुर्घटनामा परी दुई चालक सहित एघारको मृत्यु भएको जनाएको छ । भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा भयो ।
हवाईजहाजमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । यात्रुहरुमा १० जना बच्चा पनि थिए । दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् ।
विमान दुबईबाट आइरहेको स्रोतले जनाएको छ । विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।
भारतीय नागरिक उड्डययनका अधिकारीका अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ।