जापानको क्युशु प्रिफेक्चरमा ताईफु–६ को असर प्रारम्भ, ९ र १० तारिक क्युशु क्षेत्रमा अधिक हावाहुरी सहित भारी बर्षा हुने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  261 पटक हेरिएको

जापान, साउन २३। 

जापानको दक्षिण पश्चिम स्थित रहेको ओकिनवा तथा खागोशिमा क्षेत्रमा ताईफु ६ ले बिध्वशं मच्चाइृरहेको अवस्था छ । बिनाश प्रकोप निम्त्याईरहेको ताईफु ६ ओकिनावाबाट अघि बढि खागोसिमी प्रिफेक्चरको अमामी क्षेत्रलाई घेर्दै उत्तरतिर बढ्दैगरेको जापानी संचार माध्यमले जनाएको छ। जापान मौसम बिभागको अनुसार अगष्ट ९ र १० तारिख जापानको क्युसु क्षेत्र पुग्ने जनाएको छ। ताईफु ६ को प्रभाब स्वरुप आजबाट क्युशु क्षेत्रमा आंशिक बर्षा शुरु भएको छ भने सामान्य हावाहुरी पनि चल्न शुरु गरेको छ । ताईफु ६ ले जापानको पश्चिमको क्युशु क्षेत्रमा ९ तारिकको दिउँसो ३ बजेबाट बिध्वंशक असर पार्ने जनाएको छ ।

यो ताईफु ६ ले भोलि९८ तारिख०देखिनै क्युसुको दक्षिण भेग तथा आमामी क्षेत्रमा भारी वर्षा एवं हावाहुरीको प्रकोप सिर्जना गर्नसक्ने अनुमान गरिएको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार ताईफु ६ आज दिउँसो ३ बजे खागोसिमा प्रिफेक्चरको अमामी शहरबाट १५० किलोमिटर पूर्वी समुद्रमा सुस्त गतिमा उत्तरतर्फ बढ्ने जनाएको छ। केन्द्रीय चाप ९७० हेक्टोपास्कल, केन्द्र नजिक हावाको अधिकतम गति ३० मिटर, तत्काल हावाको अधिकतम गति ४० मिटर र केन्द्रबाट २२० किलोमिटरको दायराभित्र २५ मिटर वा सोभन्दा बढी हावाको गति बहिरहेको छ।

आँधी बिस्तारै सर्ने भएकाले, भारी वर्षा र आँधीको प्रभाव लामो समयसम्म रहन सक्छ र लामो समयसम्म लगातार बर्ष र हावाहुरी आउने भएको सम्पुर्ण क्युशु क्षेत्रमा बसोबास गर्ने सम्पुर्णमा सचेत रहन अनुरोध समेत गरिएको छ र हावाको बहावका कारण पश्चिमी र पूर्वी जापानको प्रशान्त क्षेत्रमा भारी वर्षा हुने आँकलन समेत गरिएको छ।

जेआर वेस्टका अनुसार ताईफु ६ को आगमनको कारण, सानो शिन्कान्सेनले शिन-ओसाका स्टेशन र हाकाता स्टेशनको बीच ९ तारिखको रातदेखि १० तारिखको बिहानसम्म सेवा बन्द गर्ने योजना बनाएको छ। यस्तै गरि अन्य रेल सेवा तथा हवाई उडानहरु पनि ताईफुका कारण प्रभावित हुनसक्नेछ। क्युशु क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपाली समुदायलाई पनि ताईफु ६ सम्बन्धि जानकारी लिई सचेत र सतर्क रहन समेत अनुरोध गर्दछौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार