पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनासंक्रमण पुष्टि, कुल संक्रमण संख्या २१ हजार ७ सय ५० पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  146 पटक हेरिएको

काठमाडौं, साउन २२ ।   

बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार