काठमाण्डौं, साउन २२ ।
कोरोनाको हब बनिरहेको बीरगञ्जमा आज थप ४३ जना संक्रमित थपिएका छन् । संक्रमित मध्य एक जना चिकित्सक र ११ जना नेपाली सेना रहेका छन् । यस्तै ईन्भेष्टमेन्ट बैंकका कर्मचारी पनि संक्रमित भएका छन् । बीरगञ्जमा जनप्रतिनिधि, सुरक्षाकर्मी, चिकित्सक एवं स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत सर्वसाधारण लगातार संक्रमित भईहरेका छन् ।
संक्रमित मध्य सात जनाले आफै पैसा तिरेर परीक्षण गराएका थिए । ती मध्य केहीमा ज्वरो सहित सामान्य लक्षण देखिएको नारायणी अस्पताल स्रोतले जनाएको छ । पर्सामा हाल सम्म कोरोनाले १४ जनाको ज्यान लिईसकेको छ भने ५ सय ८२ जना संक्रमित भएका छन् ।