नेकपाका नेता सुर्य थापाले अध्यक्ष प्रचण्ड सहितका ४ नेताको पत्रकार भेटघाटलाई “ग्याङ अफ फोर”को संज्ञा दिए

सुर्य थापा प्रधानमन्त्रिका प्रेस सल्लाहकार

  सुर्य थापा प्रकाशित:  547 पटक हेरिएको

काठमाडौं, साउन २२ ।  

नेपाल कम्युनिस्ट पार्टीको विवाद चुलिंदै जाँदा पार्टी फुट्ने संकेतहरु बढ्दै गएको छ । नेकपाको दुइृ अध्यक्षदय पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष के.पी शर्मा ओलिबीचको लगातारको संबादपछि पनि समस्याको चुरोकुरो पैलाउन नसके पछि संबाद नै अन्त्य गरेर पार्टी बिभाजनको अभ्यासमा लागेका छन । हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी फुट्न सक्ने भन्दै मानसिकता बनाएर तयार रहन निकटस्थलाई भने । यसले नेकपाभित्र नयाँ तरंग पैदा गरेको छ ।

प्रचण्डको अभिव्यक्ति लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले विभिन्न पदको आकांक्षा र बाँडफाँटको योजनासहित नेकपा बिघटन गर्न खोजिएको आरोप लगाएका छन् । उनले हिजो प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले आयोजना गरेको पत्रकार भेटघाटलाई ‘ग्याङ अफ फोर’ को पत्रकार भेटघाटको संज्ञा दिए । यसपछिको परिदृश्य विश्लेषण गर्दै फेसबुकमार्फत् देशीविदेशी षड्यन्त्र र चलखेल भएको भनेका छन् ।

सुर्य थापाले झलनाथ खनाल राष्ट्रपति, पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री, माधवकुमार नेपाल पार्टी अध्यक्ष र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्ने आकांक्षासहित षड्यन्त्र भइरहेको आरोप लगाए । उनले पार्टी विभाजनको खुलमखुल्ला हाँक दिइएको टिप्पणी समेत गरेका छन् ।

१० वर्ष अघि साउनको यही बेला धोबीघाट गठबन्धन परिणती अनुसार बाबुराम भट्टराई संसदीय दलको नेता, रामबहादुर थापा बादल जनसेना इन्चार्ज, मोहन वैद्य किरण संगठन विभाग प्रमुख, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बन्ने गरी मोर्चाबन्दी गरिएको स्मरण पनि गराएका छन् ।

सुर्य थापाले भनेका छन्ः
१० बर्षअघि साउन यही बेला
धोवीघाट गठबन्धनको परिणति
आकांक्षा र बाँडफाँट
संसदीय दलको नेता – बाबुराम भट्टराई
जनसेना ईन्चार्ज – रामबहादुर थापा”बादल”
संगठन विभाग प्रमुख – मोहन वैद्य “किरण”
उपप्रधानमन्त्री तथा गृहमन्त्री – नारायणकाजी श्रेष्ठ
पार्टी अध्यक्ष तथा संसदीय दलको नेताबाट पुष्पकमल दाहाल “प्रचण्ड”लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र बिप्लवको मोर्चाबन्दी ।
माओवादी धारको १ दर्जन समुहमा विभाजन र विघटन ।
अहिले १० बर्षपछि साउनको यो बेला
खुमलटार गठबन्धनको रिहर्सल
आकांक्षा र बाँडफाँट
राष्ट्रपति – झलनाथ खनाल
प्रधानमन्त्री – पुष्पकमल दाहाल “प्रचण्ड”
अध्यक्ष – माधवकुमार नेपाल
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री – नारायणकाजी श्रेष्ठ
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी ।
यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लडाई रे रु पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल ।
नेकपा विभाजन र समाप्त पार्ने कसरत ।
देशीविदेशी षडयन्त्र र चलखेल ।
ग्याङ अफ फोरको पत्रकार भेघाटपछिको परिदृश्य ???

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार