दुबै मृर्गौला पिडित अञ्जु लामा उपचारार्थ संकलित रकमको जानकारी गर्न तामाङ्ग समाज क्युस्युद्धारा पत्रकार सम्मेलनको आयोजना गर्दै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  696 पटक हेरिएको

जापान, साउन २२ ।

जापानको फुकुओका किताक्युस्यु स्थित रहेको उमेको गाकुयन बिश्व बिद्यालयको अध्ययन पुरा गरी कामको तयारीमा रहेकी नेपालस्थित, चितवन जिल्लाको विरेन्द्रनगर–२ घर भई हाल जापानको फुकुओका केनको किताक्युस्यु, कोकुरामा बस्दै आएकी दुबै मृर्गौला फेल भई हाल अस्पतालमा उपचारार्थ रहेकी सुश्री अञ्जु लामाको मृर्गौला प्रत्यारोपणको लागि नेपाल तामाङ्ग समाजद्धारा आर्थिक सहयोग अभियान संचालन गरेको थियो । उक्त अभियानलाई साथ दिदै जापानका बिभिन्न संघसंस्था तथा ब्यक्तिहरु मार्फत सहयोग संकलन गरी तामाङ्ग समाजको बैंक खातामा जम्मा गरिएको र उक्त रकम भोलि एक बिषेश पत्रकार सम्मेलन गरी हस्तान्तरण गर्ने तयारी रहेको नेपाल तामाङ्ग समाज जापान क्युस्यु क्षेत्रिय कार्यसमितिका अध्यक्ष आषिश योञ्जनले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

उक्त संस्थामा हालसम्म प्राप्त भएको रकम सम्बन्धि सम्पुर्ण जापानबासी तथा सम्पुर्ण सहयोगी मनहरुलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले भोलि शनिबार दिनको २ बजेबाट पत्रकार सम्मेलनको आयोजना गरेको बताएको हो । नेपाल तामाङ्ग समाजद्धारा एक पत्रकार सम्बन्धि बिज्ञप्ति जारी गर्दै उक्त अभियानलाई आफ्नै अभियान सम्झि सहयोग गर्नुहुने तपाई सम्पुर्ण मनकारी जापानबासी नेपाली दाजुभाई तथा दीदिबहिनिहरु, बिभिन्न संघसंस्थाका प्रनितिधि ज्युहरुलाई नेपाल तामाङ्ग समाज परिवारद्धारा हार्दिक धन्यबाद समेत ब्यक्त गरेका छन ।

नेपाल तामाङ्ग समाजद्धारा जारी उक्त अभियान समाप्त भई हालसम्म प्राप्त सहयोग सम्बन्धमा जापानबासी नेपाली समुदायमा जानकारी गराउने उद्देश्यले बिभिन्न संघसंस्था, जापानबासी नेपाली समुदाय र पत्रकारहरुको उपस्थितिमा आउँदो शनिबार ७ तारिक दिउँसो १४ः०० बजेबाट अनलाईन पत्रकार सम्मेलनको आयोजना गरिएकोले उक्त अभियानमा जोडिनु भएका तपाई सम्पुर्ण संघसंस्थामा प्रतिनिधि, जापानबासी नेपाली लगायत पत्रकार ज्युहरुलाई सहभागी भई कार्यक्रम सफल पार्न सहयोग गर्न हार्दिक अनुरोध गर्दछ उक्त बिज्ञप्तिमा भनेका छन । हालसम्म संकलित रकमको यथार्थ बिबरण सहित पत्रकार सम्मेलन गरी कुनै ब्यक्ति तथा संस्थाबाट प्राप्त गुनासा तथा सल्लाह सुझाब लिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको संयोजक आषिश योञ्जनले जानकारी गराउनु भयो ।

उक्त पत्रकार सम्मेलनको संयोजन भने भिजन अनलाईन न्युजद्धारा गरिने भएको छ । सुश्री अञ्जु लामा ज्युको उपचारार्थ संकलित रकमको जानकारी, भोलिका दिनमा संस्थाले के कस्तो सहयोग गर्न सकिन्छ सो सम्बन्धमा पनि उपस्थित बिभिन्न संघसंस्था तथा पत्रकारहरुसँग छलफल तथा सहकार्य गर्दै अघि बढ्ने पनि जानकारी गराउनु भयो । निजको उपचारको लागि आफन्तबाट नै मृर्गौलाको खोजि भईरहेको र नेपाल गएर थप उपचार गर्ने परिवारीक स्रोतले जनाएकोले नेपाल सम्मको सम्पुर्ण जिम्मेवारी नेपाल तामाङ्ग समाज क्युस्यु क्षेत्रिय कार्यसमिति नै गर्ने समेत भिजन अनलाईन न्युजसँगको संबादमा जानकारी गराउनु भयो ।

तामाङ्ग समाजद्धारा जारी पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार