जापान, साउन २१ ।
नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान आइपुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, जनप्रगतिशील मंच जापानका अध्यक्ष लगायत बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले स्वागत गरेका छन् ।
नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान गएका हुन् । सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् ।
प्रचण्डका अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन । साउन २५ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ । हाल प्रचण्ड टोक्योबाट फुकुओका फेष्टिबल उदघाटनका लागी फुकुओका प्रस्थान गर्नु भएको छ ।