जापन, साउन २० ।
जापानको ठूलो कन्विनिएंस स्टोर सेभेनइलेवेनको साइतामा प्रिफेक्चरमा रहेको एउटा पसलमा बिक्री गरिएको एकप्रकारको ओनिगिरीमा साङ्ला फेला परेको छ । उक्त पसलबाट खरिद गरिएको खाद्यान्न ओनिगिरीमा साङ्गलो भेटिएको भनि २ जना ग्राहकले उजुरी गरेपछि उक्त घटना बाहिर आएको हो । जापानको संचार माध्यम एनएचकेका अनुसार साङ्ला भेटिएको भनिएको सोही प्रकारको ओनिगिरी साईतामा प्रिफेक्चरमा रहेको पसलहरुबाट फिर्ता गर्दै त्यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति सेभेनईलेवेन जापानले माफी मागेको छ ।
कम्पनीले शुक्रबार बिहानै साईतामा प्रिफेक्चरको एउटै पसलबाट एउटै किसिमको ओनिगिरी खरिद गरेका दुई ग्राहकबाट साङ्ला भेटिएको छुट्टाछुट्टै गुनासो आएपछि कम्पनीले त्यो किसिमको ओनिगिरी सबै फिर्ता गरेको जापान संचारमाध्यमहरुले जनाएका छन्।
दुबै ग्राहकले, प्याकेजिङ प्लास्टिक भित्र एउटा साङ्लो फेला परेको भनेका थिए। उक्त ओनिगिरी खानुअघि राम्रोसंग हेरेको र उक्त ओनिगिरीमा साङ्गलो भेटिएको खरिद गर्ने ग्राहकले जनाएको छ । साङ्गलो भेटिएपछि खाद्यान्न बिभाग र सेभेनइलाभेनको हेडअफिसमा सम्पर्क गरी उजुरी दिएका थिए ।
२र२ जना ग्राहकबाट आएको गुनासो पश्चात सेभेनईलेवेनले,साईतामा प्रिफेक्चरका स्टोरहरूमा बेच्नका लागि राखिएका त्यस प्रकारको सबै ओनिगिरीहरु बजारबाट फिर्ता लगि फ्याकिएको बताइएको छ। समाचारमा जमाइए अनुसार ३७० वटा पसलबाट करिब २००० वटा ओनिगिरीहरु फिर्ता लगिएको जापान संचार माध्यमले जनाएको हो ।