काठमाडौं, साउन २१ ।
बुधबार नेपालभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।.उनका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।
बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट बुधबार थप २ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पर्सामा १५१ जना, काठमाडौंमा ५७ जना, बारामा २८, महोत्तरी र स्याङ्जामा १७र१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै मोरङमा १४, बाँकेमा १३, धनुषामा १२, बझाङमा ११, सुर्खेतमा १०, कपिलवस्तुमा ९, सप्तरीमा ८, ललितपुर र सर्लाहीमा ५र५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित भेटिएका अन्य जिल्लामा मकवानपुरमा ४, गोरखामा ३, सुनसरी र इलाम, रौतहट, सिरहा, धादिङ र बागलुङमा २र२ जना तथा उदयपुर, सिन्धुपाल्चोक, कास्की, दाङ र कालीकोटमा १/१ जना रहेका छन् ।