जापान, साउन १८ ।
जापानको फुकुओकामा बसोबास गर्ने नेपालीहरुको सक्रिय सहभागितामा नेपाल फेष्टिबल फुकुओका २०२२ आयोजना सम्बन्धि सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिले एक औपचारिक पत्रकार सम्मेलन गरी जनाएको छ । यस पटकको फुकुओका नेपाल फेष्टिबल २०२२ बिषेश रहने पनि आयोजक समितिले जनाएको छ । बिगत १० बर्षदेखि निरन्तर आयोजना हुदै आएको नेपाल फेष्टिबल कोरोना महामारीका कारण २ बर्ष हुन सकेको थिएन । कोरोना संक्रमणमा केही कमी आएसँगै जापान सरकारले बिभिन्न कार्यक्रम तथा मेला पर्व आयोजना गर्न अनुमति तथा खुकुलो गरेसँगै नेपाली समुदायहरुको पर्वको रुपमा रहेको नेपाल फेष्टिबल आयोजनामा नेपाली समुदाय लागेका हुन । केही दिन अघि बिषेश कार्यक्रम तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको उपस्थितिमा सम्पन्न भईसकेको छ । त्यसले पनि जापानमा बसोबास गर्ने नेपालीहरुको सक्रिय सहभागितामा नेपालीहरुको जाति भेष भुषा, कला संस्कृतिको जगेर्ना गर्दै नेपालको पर्यटन प्रबद्धनमा टेवा पुर्याउन सफल भएको आकलन गरिएको छ ।
जापानको राजधानी टोक्योको नेपाल फेष्टिबल सम्पन्न भएसँगै जापानको बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरु हाल आ–आफ्नो क्षेत्रमा नेपालीहरुको पहिचान सहितको फेष्टिबल आयोजनामा सक्रिय रुपमा लागेका छन । यसै सन्दर्भमा जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपालीहरुको संलग्न रहेको बिभिन्न संघसंस्थाको नेतृत्वमा फुकुओका फेष्टिबल २०२२ आयोजनाको अन्तिम चरणमा पुगेको र यहि अगष्ट ६ तारिक शनिबारको दिन फुकुओका तेन्जिङ्ग चुओपार्कमा एक दिने नेपाल फेष्टिबलको तयारी सम्पन्न भएको एक औपचारिक पत्रकार सम्मेलन मार्फत नेपाली समुदायलाई जानकारी गराएको हो ।
गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमिति, नेपाल जनजाति महासंघ क्युस्यु क्षेत्रिय कार्यसमिति, हाम्रो नेपाल हामी नेपाली, फुकुओका नेपाल सोसाइटि र अन्तराष्ट्रिय लायन्स क्लबको संयुक्त आयोजना र फुकुओकामा रहेको एकल जातिय संघसंस्थाहरु, बिभिन्न अन्य संघसंस्थाहरुको सहआयोजनामा फुकुओका फेष्टिबलको तयारी गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । उक्त पत्रकार सम्मेलनमा फुकुओका फेष्टिबल मुल आयोजक समितिका संयोजक अर्जुन थापा, जनजाति महासंघ क्युस्युका अध्यक्ष रोषन कुमार राई, हाम्रो नेपाल हामी नेपालीका संयोजक धर्मराज अधिकारी, फुकुओका नेपाल सोसाईटिका अध्यक्ष माधब सिग्देल र लायन्स क्लबका अध्यक्ष भागिरथ पौडेल लगायतको उपस्थिति रहेको थियो भने फुकुओका फेष्टिबल मुल आयोजक समितिद्धारा गठित बिभिन्न ब्यबस्थापन समितिका संयोजकहरुले ब्यबस्थापनको बारेमा बिस्तृत जानकारी गराएका गिए ।
फुकुओका फेष्टिबलमा नेपालबाट बिशिष्ट ब्यक्तिको उपस्थिति तथा कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल सरकारका प्रमुख घटक तथा पुर्व प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचण्डको पनि उपस्तिि रहने आयोजक समितिले उक्त पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो । यस बर्षको फुकुओका फेष्टिबलमा जापनस्थित फुकुओका केनका बिशिष्ट ब्यक्तित्वको पनि उपस्थिति रहेने फुकुओका महाबाणिज्यदुताबासका सचिब दिपक देबकोटाले जानकारी गराउनु भएको थियो ।