रास्वपाको केन्द्रीय विभागमा बस्न स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने, अन्य पदाधिकारीहरुमा पनि शैक्षिक योग्यता निर्धारण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  132 पटक हेरिएको

काठमाडौं, साउन १८ ।  

राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो बसेको केन्द्रिय पदाधिकारी बैठकबाट पार्र्टीको बिभिन्न पदमा बस्नको लागि बिभिन्न शैक्षिक मापदण्ड निर्धारण गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको हो ।

पार्टी महामन्त्री मुकुल ढकालका अनुसार प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै स्नातक उत्तीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभाग अनुसारको क्षेत्रमा दुईवर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको महामन्त्री ढकालले संचारकर्मीहरुलाई बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार