पछिल्लो २४ घण्टामा ४१८ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २० हजार ७५० पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  518 पटक हेरिएको

काठमाडौं, साउन १९ ।  

आज पछिल्लो २४ घण्टामा थप ४१८ जना कोरोना संक्रमिति थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। उनले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको बताए । यो कूल संख्याको २७।६ प्रतिशत हो ।

यस्तै, हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । ७२।१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए । आइतबार २४६, शनिबार ३१५, शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

हालसम्म ५७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धि नियमित पत्रकार सम्मेलन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार