आज २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  702 पटक हेरिएको

काठमाण्डौं, साउन १८ ।  

नेपालमा बीचमा केही कम जस्तो देखिएको कोरोना संक्रमण लकडाउन खुलेर भीड बढेसगैँ पुनः कोरोना सक्रमणको दर बढेको छ । आज मात्रै देशभर २ सय ४६ संक्रमित थपिएका छन् । आज देशभरका २७ वटा प्रयोगशालामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गर्दा ती संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलानमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । आज सबै भन्दा धेरै पर्सामा ७८ जनामा संक्रमण पुष्टी भएको छ भने त्यस पछि धनुषामा ३५ जना देखिएका छन् । अब क्वारेन्टाईनमा १० हजार ९ सय ३४ जना रहेका छन् । आज एक सय ९ जना डिस्चार्ज भएका छन् । यो सगैँ कोरोनाबाट निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । कोरोनाबाट हाल सम्म ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार