जापान, साउन १८ ।
जापान सरकारद्धारा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बृद्धिसँगै आज (अगस्ट २) देखि थप चार क्षेत्रमा आपतकाल लागु गरेको छ । जापानका साईतामा, चिबा, खानागावा र ओसाका केनमा पनि आपातकाल बिस्तार गरिएको हो । यस अघि टोकियो र ओकिनवा केनमा मात्रै सिमित रहेको आपतकाल अब ६ वटा केनमा आपतकाल लागु गरिएको हो । यस पटकको आपतकाल अगस्ट अन्त्यसम्मका लागि घोषणा गरिएको छ । यसका अलवा, होक्काईदो, ईसिखावा, ह्योगो, क्योतो र फुकुओका केनमा अर्धआपतकाल (मानएनबोसीज्युतेनसोचि) कार्यन्वयन गरिएको जापान सरकारले जनाएको छ ।
यसको अवधि पनि तत्काललाई यहि महिनाको अन्त्यसम्म कायम रहनेछ । यसका साथै पहिले देखिनै कायम टोकियो र ओकिनवाको आपतकालिन् अवस्थाको समय पनि थप गरि यहि महिनाको अन्त्यसम्म पुर्याउने निर्णय गरिएको छ । पछिल्लो समय कोभिड संक्रमण जापानमा अत्यन्तै तिब्र बनिरहेको छ । यहाँ दैनिक १० हजारभन्दा बढि संक्रमितहरु पुष्टि हुने गरेका छन् । जापानमा अहिले कोभिड सुरुवात भएदेखि यताकै अत्यन्तै जोखिमरूर्ण अवस्था सिर्जना भएको छ । टोकियो लगायतका सहरहरुमा अस्पत्तालको बेड अभावका कारण अधिकांस बिरामीहरु घरमै बस्न बाध्य छन् । स्वास्थ्य क्षेत्र अत्यन्तै दवावपूर्ण समयको सामना गरिरहेको छ ।
कोरोना भाईरस नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउदै बिपक्षीहरुले प्रधानमन्त्रिको राजिनामा समेत माग गरिएको छ । ओलम्पिक खेलमा सरिक खेलाडिहरुमा समेत कोरोना संक्रमण देखिएको र बिदेशि खेलाडीहरुबाट झन संक्रमण फैलिएको आकलन समेत गरिएको छ ।