जापान, साउन १७ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए० जापानको सम्पन्न निर्वाचनमा धाँधली भएको भनि परेको उजुरीको बिषयमा छानबिन हुने भएको छ । एनआरएनए जापानको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनका सम्बन्धमा असन्तुष्ट पक्षले अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरि असम्बन्धित पक्षले मतदान गरेको उजुरीको छानबिन गर्नका लागि राजन प्रधानाङ्गको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो ।
एनआरएनए जापानको अध्यक्ष मण्डलद्वारा जारी प्रेस नोटमा असन्तुष्ट पक्षले गरेको उजुरीका सन्दर्भमा अध्यक्ष मण्डलले उठेका सवालको सम्बोधन गर्ने उद्धेश्यले अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसी सँग आवश्यक परामर्शमा गरी एनआरएनए जापानका संस्थापक अध्यक्ष प्रधानाङ्गको संयोजकत्वमा सुमन खड्का, सुकमान थिंङ, वेद काफ्ले र अन्तराष्ट्रिय समन्वय परिषद् ९आईसीसी०बाट एक विज्ञको सहभागी रहने गरी अध्ययन तथा छानबिन समिति गठन गरेको जनाएको छ ।
गठित समितिलाई उजुरीमा उल्लेख गरिएका विषयबस्तु, अनलाइनमार्फत हुने मतदानको प्राविधिक पक्ष सहित अन्य आवश्यक पक्षका बारेमा अध्ययन र छलफल गरि त्यसको निचेड सहितको प्रतिवेदन तयार पारी यथाशक्य छिटो अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसीमा बुझाउने जिम्मेवारी तोकिएको छ । जुलाई ३० तारिख सम्पन्न निर्वाचनको विश्वासनीयता र निष्पक्षताको विषयलाइ लिएर २९ जना पराजित उम्मेदवारहरुले अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक कम्युटर सेटिंङ्बाट गरि मतदाताको मताधिकारलाई दुरुपयोग गरेको पाइएकोले आईटी विज्ञसहितको सहभागीमा छानबिन गरि यथार्थ छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका थिए ।
अध्यक्ष मण्डलको बिज्ञप्ति