काठमाण्डौँ, साउन १७ ।
नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन राजधानी काठमाण्डौमा आज सम्पन्न भएको छ । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ कार्यसमितिका लागि पदाधिकारी तथा सदस्यहरु चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचारकर्मी डब्बु क्षेत्रीको रोहवर र ब्याकुल माईलाको प्रमुख अतिथिमा निर्वाचन सम्पन्न गरिएको छ । आज सम्पन्न भएको संस्थाको पाँचौ महाधिवेशनले अध्यक्ष खगेन्द्र प्याकुरेलको नेतृत्वमा संस्थाको नयाँ नेतृत्व चयन गरेको छ ।
जसमा अध्यक्षमा खगेन्द्र प्याकुरेल, बरिष्ठ उपाध्यक्षमा ऋषिराज आचार्य, महिला उपाध्यक्षमा सरिता भारती, संगठन उपाध्यक्षमा दयाराम घिमिरे, कार्यक्रम उपाध्यक्षमा सुवास बुढाथोकी, महासचिवमा राजन थापा, सचिवमा प्रदिप वास्तोला, सह–सचिवमा सुरेश कुमार राउत, कोषाध्यक्षमा कमला कुमारी जोशी, सह–कोषध्यक्षमा प्रवण भुषाल र केन्द्रिय सदस्य तथा प्रवक्तामा कल्याण अधिकारी निर्वाचित भएका छन । यस्तै आज भएको नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको केन्द्रिय सदस्यमा तुलसा कटुवाल, डेविल सिंह राजपुत, साक्षी लम्साल, सुष्मा देवकोटा, गोपाल ढकाल, प्रेम पाण्डे र कृष्ण भट्टराई निर्वाचित भएका छन् ।
उक्त समारोहमा बरिष्ठ चलचित्र निर्देशक मोहन निरौला र वरिष्ठ संचारकर्मी शान्तिप्रिय लाई संगठनले मानार्थ सदस्यता प्रदान गरेको थियो । कार्यक्रममा संगठनका मानार्थ सदस्य चलचित्र निर्देशक माधव राज खरेल, सल्लाहकार अभिनेता श्रीदेव भट्टराई लगायतको सहभागीता रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रगानका रचनाकार व्याकुल माईलाको उपस्थित रहेका थिए ।
संगठनले नयाँ नेतृत्व पाए संगै नेपाली चलचित्र एवं श्रव्यदृश्यसंग आवद्ध रहेका कलाकार, प्राविधिक एवं श्रमिकहरुको हितमा आफुहरुले काम गर्ने संगठनका अध्यक्ष खगेन्द्र प्याकुरेलले बताए । नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन स्वतन्त्र ट्रेडयूनियन महासंघ नेपालमा आवद्ध रहेको राष्ट्रिय संगठन रहेको उनले बताए ।