मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्धारा प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  316 पटक हेरिएको

काठमाडौं, साउन १७ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ९३० अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्मालाई कायममुकायम प्रधानसेनापति तोक्न मन्त्रिपरिषद्‌को साउन १२ गतेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयद्धारा जारी बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार