पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  628 पटक हेरिएको

काठमाडौँ, साउन १७ । 

नेपालभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको भनी जानकारी दिएका हुन् ।

६ हजार ३०४ नमुना परीक्षण गरिएकोमा तिन सय १५ मा संक्रमण पुष्टि भएको हो । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा अब १३ हजार २०१ जनारहेका छन् ।

कहाँ कति संक्रमित थपिए ?

सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार