प्रहरी प्रधान कार्यालयका ९ जवानमा कोरोना संक्रमण पुष्टि, हालसम्म ४४ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  772 पटक हेरिएको

काठमाडौं, साउन १५ ।  

नेपालमा पछिल्लो समय कोरोना भाईरस समुदाय स्तरमा फैलिएको आशंका बढेको छ । सरकारले लकडाउन खोलेसँगै काठमाण्डौँमा दिनप्रति दिन कोरोना भाईरसको संक्रमित देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे।

उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए। नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्।

मुख्यालयमै संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ। प्रवक्ता कडायतले संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको बताए। यस्तै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ। संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार