जापानभर एकैदिन १२६४ जना संक्रमण, फुकुओकामा मात्र १०१ जना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  597 पटक हेरिएको

जापान, साउन १५ ।  

बुधबार जुलाई २९ तारिख जापानमा हालसम्मकै उच्च कोरोना संक्रमण पुष्टि भएको छ । राती १२ बजेसम्मको जानकारी अनुसार बुधबार जापानभर विभिन्न प्रान्तहरुमा गरि १ हजार २ सय ६४  जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बुधबार टोकियोमा २५० जना, ओसाकामा २२१ जना, आईचीकेनमा १६७ जना, फुकुओका केनमा १०१ जना, खानागावा केनमा ७० जना, साईतामा केनमा ५३ जना, चिबा केनमा ४९ जना, होक्काईदोमा ५ जना, ह्योगो केनमा ४६ जना, क्योउतोमा ४१ जना, ईसिकावा केनमा २ जना, हिरोसिमा केनमा १७ जना, ओकिनवा केनमा ४४ जना, गिफु केनमा १७ जना, ईबाराकी केनमा ९ जना, सिजुओका केनमा १६ जना सन्क्रमण पुष्टि भएको हो ।

यस्तै खागोसिमा केनमा ३ जना, नारा केनमा ६ जना, गुन्मा केनमा १ जना, तोचिगी केनमा ६ जना, सिगा केनमा ६ जना, मियागी केनमा ४ जना, कुमामोतो केनमा २१ जना, वाखायामा केनमा ६ जना, फुकुई केनमा ६ जना, मियाजाकी केनमा १२ जना, नागानो केनमा ४ जना, निईगाता केनमा २ जना, फुकुसिमा केनमा १ जना, मिए केनमा ५ जना, सागा केनमा ३ जना, ओखायामा केनमा ५ जना, नागासाकी केनमा २ जना, यामागुची केनमा २ जना, तोकुसिमा केनमा २ जना, ईवाते केनमा २ जना र एयरपोर्ट क्वारेन्टाईनमा २२ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबारसम्म जापानको ४७ वटा मध्ये ३७ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ । हालसम्म संक्रमण नदेखिएको इवाते प्रान्तमा पनि पहिलो पटक संक्रमण पुष्टि भएको छ ।

टोकियोमा २५० जनामा संक्रमण

बुधबार जुलाई २९ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २५० मा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा केहि कमि हो, यद्यपी टोकियो जापानको सबैभन्दा जोखिमपूर्ण बन्दै गएको छ । बुधबार पुष्टि भएको संख्या सहित टोकियो भित्र संक्रमितहरुको संख्या ११ हजार ८ सय ६१ जना पुगेको छ ।

फुकुओकामा फैलियो कोरोना १०१ जनामा कोरोना संक्रमण पुष्टि 

बुधबार फुकुओका केनमा एकैदिन १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै फुकुओका भित्रमात्रै संक्रमित संख्या १,६३६ जना पुगेको छ । जापानको फुकुओकामा पछिल्लो पटक सन्क्रमण फैलिए पछिको हालसम्मकै उच्च हो । सन्क्रमण फैलिएसङै फुकुओकालाई अधार भुमि बनाएर यहा अध्ययन, ब्यबसाय र बिभिन्न कम्पनिमा काम गरेर बस्ने नेपालि लगायत सम्पुर्णमा महामारिको त्रास देखिएको छ । हाल फुकुओका कोरोना सन्क्रमण फैलिएको संख्याको हिसाबले तेस्रो नम्बरमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार