जापान, साउन १४ ।
जापानको फुकुओका स्थित कोकुरा सिटिमा बसोबास गर्ने दुबै मृर्गौला फेल भई उपचारार्थ हस्पिटलमा रहेकी अन्जु लामाको उपचारार्थ सहयोगको लागि जापानमा रहेका बिभिन्न समुदाय, संघसंस्थाहरु निरन्तर लागि परेको छ । त्यसै सन्दर्भमा नेपाल ओईता कम्युनिटि (NOC)द्दारा हाल जापानमा विश्व विध्यालयको अध्ययन सकी कामको शिलशिलामा रहेकी नेपाल, चितवन जिल्ला विरेन्द्रनगर-२,घर भएकी हाल फुकुओका केनको किताक्युस्यू, बस्दै आएकी अन्जु लामाको दुबै मृगौला फेल हुदाँ प्रत्यारोपण गर्न पनि आर्थिक अबस्था कमजोर रहेको खबर प्राप्त भए पछि सहयोग संकलन गरिएको थियो ।
नेपाल ओईता कम्युनिटिले सहयोग गर्ने उदेश्यले चलाएको अभियानमा सहयोगीहातहरूबाट २ लाख ३२ हजार उठेको रकम यहि महीनाको २७ तारिकमा बिरामी अन्जु लामालाई हस्तान्तरण गरीएको पत्रकार इन्द्र लामाद्धारा भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भएको थियो । जापानको ओईता सिटिमा काम, अध्ययन तथा बिभिन्न पेशा ब्यबसाय गरी बसेका नेपाली समुदायहरुको साझा संस्था नेपाल ओईता कम्युनिटिद्धारा संकलित रकम यहि जुलाई २७ तारिक बिरामीलाई हस्तान्तरण गरिएको हो ।
नेपाल ओईटा कम्युनिटिद्धारा संकलित आर्थिक बिबरण यस प्रकार रहेको छ ।