जापान, साउन १४ ।
मंगलवार जुलाई २८ तारिख जापानमा हालसम्मकै धेरै एकैदिन ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि सबैभन्दा धेरै एकैदिन ९८१ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार टोकियोमा २६६ जना,ओसाकामा १५५ जना,आईची केनमा ११० जना,साईतामा केनमा ५५ जना,फुकुओका केनमा ५४ जना,ह्योगो केनमा ३३ जना,क्योउतोमा ३१ जना,खानागावा केनमा ३३ जना, चिबा केनमा २३ जना,गिफु केनमा २५ जना,ओकिनवा केनमा २१ जना,मियाजाकी केनमा २० जना, कुमामोतो केनमा २१ जना,हिरोशिमा केनमा १९ जना,होक्काईदोमा ३ जना,मियागी केनमा २ जना,ईबाराकी केनमा १५ जना,तोचिगी केनमा २ जना संक्रमित पुष्टि भएको छ ।
यस्तै गुन्मा केनमा ३ जना,निईगाता केनमा ३ जना,ईसिखावा केनमा १ जना,यामानासी केनमा २ जना,नागानो केनमा ६ जना,मिए केनमा ६ जना,सिगा केनमा २ जना,नारा केनमा ६ जना,वाखायामा केनमा ४ जना,तोत्तोरी केनमा १ जना,यामागुची केनमा १ जना,खागावा केनमा १ जना,एहिमे केनमा २ जना,कोउची केनमा १ जना,सागा केनमा २ जना,नागासाकी केनमा ५ जना,ओईता केनमा २ जना र एयरपोर्ट क्वारेनेटाईनमा १३ जना संक्रमित पुष्टि भएको छ ।
जापानमा हालसम्म ३२ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये,२३ हजार ४ सय ७० जनाले स्वास्थ्य लाभ लिएका छन् भने १ हजार १५ जनाको निधन भएको छ । मंगलबार टोकियोमा एकैदिन २६० जनाभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको थियो ।