एनआरएनए जापानको आगामी निर्वाचनमा अत्यधिक मतले बिजय गराउन अध्यक्षका उम्मेद्धार अनिता गुरुङको अपिल, निर्वाचन जुलाई ३० मा तय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  470 पटक हेरिएको

जापान, साउन १३ । 

गैर आवासीय नेपाली संघ जापानको आसन्न १० महाधिबेशन जापानको ओसाकामा सम्पन्न भएको छ । बिबादका बिच सम्पन्न अधिबेशन आर्थिक प्रतिवेदन पास नै नगरी महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशन सम्पन्न भए पनि आगामी नेतृत्व भने चुनिन बाक़ी नै रहेको छ । आगामी नया कार्यसमितिको नेतृत्वको लागी हाल चुनावी मैदानमा ५ अध्यक्षका दावेदारी देखिएका छन । हाल गैर आवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अनिता गुरुङ, सल्लाहकार शिब पौडेल, सल्लाहकार नरेन्द्र बस्नेत दिनेश, किरण बर्मा र सरोज कुमार खत्री चुनावी मैदानमा उत्रेका छन । आगामी नेतृत्वको बाज़ी कसले मार्ने त्यो भने हेर्न बाँकी नै छ । आगामी नेतृत्व चयनको लागी यही जुलाई ३० तारिक बिहान १०:०० बजेबाट बेलुकी ८:०० बजेसम्म निर्वाचन समय निर्धारण गरीएको छ । यसै बिच अध्यक्षका प्रत्यासी तथा निबर्तमान कार्यवाहक अध्यक्ष अनिता गुरुङले आगामी नेतृत्वको लागी अत्यधिक मत दिई जिताऊन जापानबासी नेपाली समक्ष अपील समेत गरेका छन । भिजन अनलाईन न्युजलाई जानकारी गराउदई उनै अध्यक्ष प्रत्यासी अनिता गुरुङद्वारा गरीएको सादर अनुरोध जस्ताको तस्तै तल प्रस्तुत गरेका छौ ।

सादर अनुरोध मेरो, 

आदरणीय जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू,
नमस्कार, यहाँहरूलाई अवगत नै छ,यतिबेला हामी जापानबासी नेपालीहरू गैर आवासीय नेपाली संघ(NRNA),जापानको अधिवेशन उद्घाटन र बन्द सत्र सकेर नेतृत्व चयनको चरणमा प्रवेश गरिसकेका छौं। ज्ञान,सीप र पूँजीलाई मातृभूमिमा भित्र्याउने र प्रवासी नेपालीहरूको हक,हित र सेवाको लक्ष्य रहेको यो विशुद्ध स्वयंसेवकीय अभियानको यात्रामा तपाई हामी धेरै साथीहरू एकसाथ यात्रारत छौं।करिब दुई दशक अघि प्रवासमा रहनुहुने सामाजिक अभियन्ताज्यूहरूको ठुलो योगदानले सृजित,मातृभूमि नेपालको भौगोलिक सिमा बाहिरको अर्को नेपाल अर्थात करिब ६० लाख नेपालीहरूको भावनाले जोडेर राखेको यो गौरवपूर्ण संस्थाको फराकिलो आँगनभित्र यहाँहरू सँगै रहेर सामाजिक काम र प्रवासी नेपालीहरूको हितका खातिर निरन्तर आफुलाई समाहित गर्न पाउँदा आफुलाई निक्कै नै भाग्यमानी ठानेकीछु।यहाँ सम्म आईपुग्दा मैले झण्डै डेढ दशक भन्दा लामो समय गैर आवासीय नेपाली संघ जापान,राष्ट्रिय समन्वय परिषदमा रहेर सेवा गर्ने मौका पाएं ।आफ्ना सामू आईपरेका कैंयन समस्याहरूको सामना गरेर नै मैले यो यात्रालाई यहाँसम्म ल्याईपुर्याउन सकेको हुँ भन्ने लाग्छ।अझै लैंगिक हिसाबले महिलालाई घरायसी जिम्मेवारी पूरा गरेर सामाजिक अभियानहरूमा जोडिन त्यति सजिलो छैन।तापनि समस्याहरू सँग भाग्ने होईन डटेर सामना गर्ने र जसरी पनि समाधान निकाल्ने मेरो चरित्रले पनि केहि सहयोग पक्कै पुगेको अनुभव गरेकी छु।तर मेरो यो यात्रा सम्पूर्ण रूपमा यहाँहरूको माया,स्नेह र आशीर्वादले गर्दा मात्र सम्भव हुन सकेको सत्यलाई कहिले पनि भुलेकी छैन।

हिजो हामी दिदीबहिनीहरू एनआरएनए,जापानको अभियानमा जोडिदै गर्दा सिमित संख्यामा मात्रै थियौं,त्यहि पनि साह्रै कठिनसँग घरपरिवार र सामाजिक कामहरूमा समय व्यवस्थापन गर्ने गर्थ्यौं।तर आज करिब एक लाख नेपालीहरूको संख्या पुगिसकेको अवस्थामा ४० प्रतिशत भन्दा बढि हामी महिला दिदीबहिनीहरू पनि पुगिसक्यौं।कति क्षमतावान् र सामाजिक काममा दत्तचित भएर लाग्ने दिदीबहिनीहरू एनआरएनए,जापान सँग जोडिदै आउनुभएको छ र यो अत्यन्तै खुशीको कुरा पनि हो।महिला भएर पनि नेतृत्व तहमा रहेर योगदान गर्न चाहने मेरा लागि यो एउटा सौभाग्य हो भन्ने मैले ठानेको छु।मैले यहाँ दिदीबहिनीहरूको कुरा गरेर मेरा अग्रज,समकालीन र अनुजका रूपमा रहनुभएका आदरणीय दाजुभाईहरूको एनआरएनए,जापान प्रतिको योगदानलाई अवमूल्यन गर्न खोजेकी पटक्कै होईन।यहाँहरूको ठुलो योगदानले नै एनआरएनए,जापान आजको स्थितिमा आईपुगेको छ।म त सबै जापानबासी नेपाली दाजुभाई र दिदीबहिनीहरूको स्नेह,विश्वास र आशीर्वाद सहित यो संस्थाको नेतृत्व गर्न चाहन्छु।

यो विचमा हामीले कल्पना समेत गर्न नसकेका केहि विषय र अनियमितताका समस्याहरू देखापरे।नेतृत्वमा रहनुभएको व्यक्ति नै आर्थिक अनियमिततामा मुछिएको आरोप पिडित पक्षबाट लागेको स्थिति छ।कार्यसमितिका हामी साथीहरूको अथक प्रयास सहित शिथिल बन्न लागेको संस्थालाई फेरि उठाउनु पर्छ भनेर निरन्तर लागेका छौं।यो विषम परिस्थितिमा मैले कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेर संस्थालाई एकत्रित गरेर लैजानुपर्ने जिम्मेवारी पनि म सँग आईपुगेको छ।यी सबै समस्याहरूसँग जुधेर फेरि एकपटक एनआरएनए,जापानलाई हामी जापानबासी नेपालीहरूको भरपर्दो र विश्वास योग्य संस्था बनाउने जिम्मा तपाई हाम्रो काँधमा आएको छ।यसका निम्ति फेरि एकपटक यो अभियानलाई एउटा निर्भिक र दरिलो नेतृत्व आवश्यक देखिन्छ।

यहाँ सम्म आईपुग्दा जति यसले जापानबासी नेपालीहरूको आशा,विश्वास र भरोसा बटुल्नुपर्ने हो त्यसमा कता-कता कमी त भईरहेको छैन?भन्ने आभास हुने गरेको छ।मैले यसलाई मेरो एनआरएनए अभियान यात्राको पहिलो सर्तको रूपमा लिएको छु।र बाचा पनि गर्न चाहन्छु कि मेरो नेतृत्वमा रहने एनआरएनए,जापानले फेरि जापानबासी नेपाली दाजुभाई एवं दिदीबहिनीहरूको मन र विश्वास जित्ने बनाउने छु।जसका निम्ति मेरो सदैव ईमानदार प्रयास रहिआएको थियो र रहिरहने छ।

र अन्तमा यो अभियानमा जोडिनुभएका धेरै साथीहरूले विभिन्न तहमा रहेर योगदान गर्ने इच्छा व्यक्त गर्नुभएको छ।यो खुशीको कुरा हो तर सिमित पदहरूमा सिमित व्यक्तिहरू चयन हुनुपर्ने बाध्यता हामीसँग छ।त्यसैले हामीले मिलेर जान सकिने ठाँउहरूमा अधिकतम प्रयास पनि गर्यौं र केहि पदहरूमा साथीहरू निर्विरोध बन्ने स्थिति बनेको छ भने अन्य पदहरूमा ईच्छुक साथीहरू धेरै देखिनुभएकोले लोकतान्त्रिक विधीमा(निर्वाचन)मा जाने निर्णय गरेका छौं। निर्वाचन को संघारमा त आईपुगेका छौं तर अझै पनि म सँगै अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएका मित्रहरूलाई एकपटक अवसर दिनुहुनेछ भन्ने विश्वास सहित विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु।रासप सदस्य,महिला संयोजक,महिला उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भएर सेवा गर्ने सौभाग्य प्राप्त गरें।यसपटक महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण पेश गरेर सामाजिक अभियानमा सशक्त ढंगले जोडिनु भएका दिदीबहिनीहरूका लागि समेत एउटा अवसरको ढोका खोलेर राख्न पाउने ऐतिहासिक क्षण मलाई प्राप्त हुनेछ भन्ने आशा,विश्वास र भरोसा सहित यहाँहरूको अमुल्य मत मेरा प्रति रहने अपेक्षा व्यक्त गर्दछु र यहाँहरूको अभिमत मार्फ़त प्राप्त हुने माया,स्नेह र आशीर्वाद मेरा निम्ति सदैव अमुल्य रहनेछन् भन्ने विश्वास पनि दिलाउन चाहन्छु।धन्यवाद

विनित,
अनिता गुरूङ(लामा)
अध्यक्ष पदको उम्मेद्वार
एनआरएनए,जापान(२०२१-२०२३)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार