जापान, साउन १३ ।
हाल गैर आवासीय नेपाली संघ जापानको अधिबेशन अन्तिम अबस्थामा पुगेको छ । यहि जुलाई २५ तारिक जापानको ओसाकामा सम्पन्न १० औँ महाधिबेशन बिबादका बिच नै आर्थिक प्रतिबेदन नै पास नगरी सम्पन्न भएको छ भने निर्वाचन यहि जुलाई ३० तारिक बिहान १०:०० बजेबाट बेलुकि ८:०० बजेसम्मको लागि निर्धारण गरिएको छ । जापानको आशन्न निर्वाचनमा अध्यक्ष देखि बिभिन्न पदहरुमा उम्मेद्धारहरुको उपस्थिति बाक्लो रहेको छ । यसै बिच यस आसन्न २०२१/०२३ कार्यंसमितिको उपाध्यक्ष पदको लागि जापानको फुकुओका शहरबाट एनआरएनए जापानको आगाम िकार्यसमितिमा रामकृष्ण श्रेष्ठले पनि आफ्नो उम्मेद्धारी दिएका छन ।
उनले सबैलाई समेटेर एनआरएनएलाई अभिभावक संथाको रुपमा स्थापित गर्ने, युवा, महिला, विद्यार्थी, व्यवसायी एवं सम्पूर्ण नेपालीहरुको हितमा काम गर्ने, नेपाल फेस्टिबलजस्ता कार्यक्रम आयोजना गर्ने, खेलकुद क्षेत्रमा सहयोग गर्नेलगायत आफ्ना एजेन्डा अघि सारेर नेपाली समाजको लागि अग्र भूमिकामा रहेर काम गर्ने बताए । हाल गैर आवासीय नेपाली संघ जापानको २०१९–२०२१ कार्यकालमा केन्द्रिय सदस्यमा रहेर रचनात्मक काम गरेका श्रेष्ठले क्षेत्रसँग राम्रो समन्वय गरी काम गरेका थिए । क्युस्यु क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आउनु भएका श्रेष्ठ नेपाली कला, संस्कृति जापनिज समुदायहरु माझ देखाउनु पर्छ भन्ने निश्चित उद्देश्यले फुकुओकामा पहिलो पटक नेपालीहरुको बाक्लो उपस्थितिमा बैशाखी मेलाको शुरुवात समेत गरेका थिए । एनआरएनए जापानको सदस्य पदमा रहेर रचनात्मक काम गर्दै आएका श्रेष्ठ आगामी कार्यसमितिको प्रबल दाबेदारी रहेको छ ।
केन्द्रको आधार, क्षेत्रको अधिकार
एनआरएनए जापान, राष्ट्रिय समन्वय परिषद जापानको पहिलो बैठकबाट मलाई यस गरिमामय संस्थाको सदस्यमा मनोनित गरि काम गर्ने बाताबरण सृजना गरी सहयोग गरिदिनु भएकोमा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, उपाध्यक्ष, लगायत सम्पुर्ण पदाधिकारी ज्युहरुलाई हार्दिक धन्यबाद दिन चाहान्छु । एनआरएनए जापानको २०१९/२०२१ कार्यकाल सफलता पुर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण अग्रज दगायत सम्पुर्ण कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार तथा बिज्ञ समितिका सदस्य ज्युहरुलाई हृदयदेखि कृतज्ञ सहित धन्यबाद दिदै आगामी कार्यकालको लागि पनि यहाँहरुको साथ र सहयोग रहने समेत बिश्वास ब्यक्त गरे । उनले आगामी कार्यकालमा नेपाली समुदायलाई एकिकृत गरी एकता सदभाब काएम गर्दै पारदर्शी र रचनात्मक रुपमा काम गर्ने बताएका छन ।
१. जापानमा भैपरी आउने समस्याको दीर्घकालिन समाधानको लागि क्षेत्रिय कार्यसमितिहरु एकजुट भई कसरी समन्वय र सहजीकरण गर्ने ?
२. हालसम्म आफ्नो क्षेत्रको बैक खाता नखोलिएको क्षेत्रहरुको खाता खोल्न पहल गर्ने ?
३. क्षेत्रिय समितिहरुले आफ्नो भाबी योजनाका कार्यक्रममा केन्द्रिय के–कस्ता अपेक्षा गरिराखेको हुन्छ ?
४. क्षेत्रिय समितिहरुले क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बिबरण राखी नेपालीहरु प्रति जिम्मेवार रही काम गर्ने र सो को लागि केन्द्रीय कार्यसमितिसँग आबश्यक परामर्श गर्ने ।
५. कोरोना भाईरस कोभिड–१९ को संक्रमणले आफ्नो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई लाभदायी हुने सुचनाको प्रबाह के–कसरी गर्न सकिन्छ सोको जानकारी गराउने ।