नेकपा पार्टी उपाध्यक्ष गौतमले पार्टी एकता जोगाउनका लागि भन्दै दुई अध्यक्षलाई दिए छ बुँदे सुझाव

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  527 पटक हेरिएको

काठमांडौ, साउन १३ । 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउनका लागि भन्दै दुई अध्यक्षलाई छ बुँदे सुझाव दिएका छन्।  गौतमले मंगलबार केपी शर्मा ओली नै पाँच वर्ष प्रधानमन्त्री र आउने महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र सहमतिमा महाधिवेशन गर्ने सुझाव दिएका छन्।

आजका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएका बेला गौतमले उक्त सुझाव राखेका हुन्। गौतमले प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने पनि उल्लेख गरेका छन्।

पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ। उनले मन्त्रिपरिषद पुनर्गठनका प्रस्ताव पनि राखेका छन्।

यस्ता छन गौतमको अन्य प्रस्ताव तथा सुझावहरु 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार