एनआरएनए आईसीसी सदस्यमा जापानबाट ६ जना सर्वसहमत निर्वाचित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  220 पटक हेरिएको

जापान, साउन १२ । 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानबाट अन्तराष्ट्रीय समन्वय परिषद आइसीसी०को लागि उम्मेद्धारी दिनु भएका ६ जना सर्वसहमत निर्वाचित भएका छन। जापानबाट आगामी कार्यकाल २०२३-०२५ को लागि एनआरएनए आइसीसी सदस्यमा उम्मेद्धारी दिएका ३ जना उम्मेदवारीहरुले उम्मेद्धारी फिर्ता गरेको जानकारी गरेसंगै सर्वसहमत भएको निर्वाचन कमिटिले जनाएको छ ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा जापानबाट सर्वसम्मत निर्वाचित भएका छ जनाको लागि बिष्णुप्रसाद घिमिरे, बाबुराम खरेल, विजेश थकाली, छत्रबहादुर दाहाल, कृष्ण केसी थम्मन , राम थापा अनिल, श्री भक्त गुरुङ,विकास श्रेष्ठ र सुमन कार्की गरि नौ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रारम्भिक उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको दाबी विरोध र उम्मेदवारी फ़िर्ता लिनको लागि जुलाई २७ तारिखसम्म समयसिमा तय गरिएको थियो । ३ जना उम्मेद्धारले आफ्नो उम्मेद्धारी फिर्ता लिएसँगै एनआरएनए एनसिसि सदस्यमा ६ जना सदस्यहरु सर्वसम्मतिले निर्वाचित भएको हो । निर्वाचित हुनेमा बाबुराम खरेल, बिजेश थकाली, बिकाश श्रेष्ठ, बिष्णु प्रसाद घिमिरे, छात्र बहादुर दाहाल र राम थापा रहेका छन ।

तर आफुले उम्मेद्धारी फिर्ता नलिएको भन्दै आईसिसि सदस्य पदमा उम्मेद्धारी दिएका सुमन कार्कीले निर्वाचन कमिटिले जबरजस्ति आफ्नो नाम हटाई सर्वसम्मतिको गलत प्रचार गरेको भनि यस बिषयमा छानबिन गर्न समेत निर्वाचन कमिटिलाई ध्यानाकर्षण गराउदै निर्वाचन कमिटिमा निबेदन समेत पेश गरेका छन ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।

जापानको फुकुओकाबाट एनआरएनए जापानको महिला सदस्यमा नानीमाया तामाङ्गको उम्मेद्धारी दर्ता, अत्यधिक मत दिई बिजयी बनाउन जापानबासी माझ अपिल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार