जापान, साउन १३ ।
जापानको टोकियोमा जारी ग्राीष्मकालिन ओलम्पिक भईरहेको छ । नेपालले पनि जुडो, पौडी लगायतका बिभिन्न खेलमा सहभागिता जनाएको छ । उक्त जारी टोकियो ओलम्पिक २०२० मा नेपाली खेलाडी तथा खेलकुद प्रेमीहरुको लागि आजसम्म खासै उत्साजनक रहन सकेन । यस पटक एथलेटिक्स खेलाडी सरस्वती चौधरी, जुडो खेलाडी सोनिया भट्ट, सुटिङ खेलकी कल्पना परियार, पौडीका एलेक्जेन्डर शाह र गौरिका सिंह सहित ५ जना खेलाडीहरुले ओलम्पिकमा सहभागी भई आफ्नो खेल प्रस्तुत गरीरहेका छन । हिजो सम्म नेपालले कुनै पनि खेलमा उपाधि जित्न सकेको छैन । यि ५ जना मध्ये ३ जना खेलको पहिलो चरणबाटै बाहिरिसकेका छन् ।
यस अघि बाहिरिएकाहरुमा जुडो कि सोनियाँ भट्ट,सुटिङकि कल्पना परियार र पौडिका एलेक्जेन्डर शाह रहेका छन् । अब बाँकी रहेका २ जना मध्ये २ जना पदकको आशा गरिएको खेलाडी हुन् । यस मध्ये पौडीकी गौरिका सिँह आज ९ २८ जुलाई, बुधबार० प्रतियोगितामा सहभागी हुँदैछिन भने,दौडकी सरस्वतीको आगमी ३० तारिख खेल हुनेछ । टोकियो ओलम्पिक २०२० मा सहभागी हुने महत्वपूर्ण अवसर प्राप्त गरेको भएता पनि हालसम्मका खेलाडीहरुले खासै ठूलो छलाङ् मार्न सकेका छैनन् । खेलमा हारजित स्वभाविक पनि हो ।
हालसम्म नेपालले कुनै पदक नजितेता पनि ति खेलाडीहरुले देशको नाम भने विश्वका खेलाडीहरु समक्ष चिनाउने महत्वपूर्ण भूमिका खेलेका छन् । आजको खेलमा भने नेपाली खेलप्रेमी तथा समग्र नेपालीले अधिक मात्रामा जितको आशा राखेका छन । पौडीमा उत्कृष्ठ गौरीकाले आज हुने पौडी खेलमा सहभागिता जनाउदै छिन त्यस कारण पनि आजको खेलमा नेपालीहरुले उनको ठुलो आशा गरेका छन ।