बहुमतबाट नै निर्णय गर्दै अघि बढ़ने प्रचण्ड समूहको निर्णय, प्रधानमन्त्रिले बोलायो मन्त्रिपरिषदको आकस्मिक बैठक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  561 पटक हेरिएको

काठमाण्डौं, साउन १२ ।

नेकपा भित्र असार दोस्रो साताबाट शुरु भएको बिबाद अझै समाधान हुन नसके पछि प्रचण्ड र ओली पक्षले आ आफ्नै रणनीति बनाउन व्यस्त भएका छन् । भोली बिहान ११ बजेका लागि बोलाईएको स्थायी समितिको बैठक बस्नु अघि दुबै पक्ष आ आफ्नै रणनीतिमा लागेका हुन ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्री र नेतासगँ अलग अलग परामर्श गरेका थिए भने खुमलटारमा प्रचण्ड माधव नेपाल सहितका नेताहरुले अलग्गै छलफल गरेको थियो । सहमतिका लागि अझै प्रयास जारी राख्ने र नभए अब पार्टी कमिटिको बहुमतका आधारमा निर्णय गर्ने गरी अघि बढ्ने तयारी प्रचण्डले शुरु गरेको उनी निकट स्रोतले जनाएको छ ।

यस्तै ओलीले बरु पार्टी फुटे फुटोस् तर प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा नदिने अडान यथावत राखेका छन् । असार १० मा शुरु भएको स्थायी समितिको बैठकमा अझै सहमति हुन नसकेको राजीनामा र पार्टी विधि पद्धतिको बिषयमा कुरा नमिल्दा पार्टी विभाजनको चिन्ता पनि बढ्न थालेको छ । ओली पक्षीय कार्यकर्ताहरु सडकमै नाराबाजीमा उत्रिदै आएका छन् ।

प्रधानमन्त्रिले बोलायो मन्त्रिपरिषदको बैठक 

यसै बिच प्रधानमन्त्रि के पि शर्मा ओलिले मन्त्रिपरिषदको बैठक बोलाएको छ । बैठक आज ५ बजे बस्ने गरी मन्त्रि परिषदको बैठक डाकिएको हो । आजको बैठकबाट राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिब र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत नियुक्ति लगायतको बारेमा निर्णय हुने जनाएको छ ।

राष्ट्रीय खेलकुद परिषदको सदस्य सचिबमा ३ जनाको नाम सिफारिस भएको छ भने लगानी बोर्डको कार्यकारी अधिकृतको लागि पनि अर्थमन्त्रिको अध्यक्षतामा गठित सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ । यसको अलावा अन्य केही महत्वपूर्ण निर्णयहरू पनि हुन सक्ने आँकलन गरीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार