माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणको लागि अगस्ट ६ मा जापान आउने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  336 पटक हेरिएको

जापान, साउन ९ ।  

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ५ दिने जापान भ्रमणमा आउने भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधारस् आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनको लागि अगस्ट ६ तारिख जापान आउने भएका हुन । नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले संचार माध्यमलाई जानकारी दिए ।

जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नजिकबाट जानकारी लिनका लागि नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधारस् आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ताको रूपमा पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका एक प्रमुख नेता प्रचण्डले सहभागिता जनाउने मञ्चका महासचिव बाबुराम पौडेलले जनाए ।

उनका अनुसार अगस्ट ७ तारिख टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५स्३० बजेदेखि हुने सो अन्तरक्रिया कार्यक्रमसहित नेपाल जापान सम्बन्धमा टेवा पुर्याउने उदेश्यले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गरि द्वीपक्षीय सम्बन्धका विषयमा छलफल हुने पनि बताईएको छ ।

४ सदस्यीय भ्रमण दलसहित जापानमा आउन लागेका प्रचण्डले जापानका विभिन्न एतिहासिक महत्वका क्षेत्रको पनि भ्रमण गरिने बताईएको छ । तर उक्त भ्रमणमा जापानका शिर्ष नेता तथा सरकारका प्रधानमन्त्रि लगायतका नेताहरुसँग भेट हुने या नहुने भन्ने हालसम्म तय नभएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार