जापान, साउन १० ।
टोक्यो ओलम्पिक २०२० को बिभिन्न खेलहरु जापानको टोक्योमा जारी रहेको अबस्था छ । जापानमा जारी टोकियो ओलम्पिकमा शनिबारसम्म ११ स्वर्ण सहित ३७ पदकको छिनोफानो भएको छ। पहिलो स्वर्ण जितेको चीनले सर्वाधिक ३ स्वर्ण र १ कास्य जितेको छ। चीनका लागि सुटिङ खेलाडी यान क्वानले महिला १० मिटर एयर राइफलमा पहिलो स्वर्ण जितेकी थिइन्। ओलम्पिकको पहिलो दिन यो समाचार तयार पार्दासम्म विभिन्न २८ देशले विभिन्न पदक जितेका छन् । जसमा चीनसहित ९ देशले स्वर्ण र भारतसहित ९ देशले रजत पदक हात पारेका छन् ।
चीनले ३ स्वर्ण जित्दा आयोजक जापानसहित इक्वेइडर, इरान, दक्षिण कोरिया, इटाली, हंगेरी, थाइल्याण्ड र कोसोभोले एक/एक स्वर्ण हात पारेका छन्। दक्षिण एसियाली मुलुक भारतसहित ९ देशले रजत जितेका छन्। पहिलो पहिलो दिन भारतका लागि मीराबाई चानूले भारोत्तोनलको महिला ४९ केजीमा रजत पदक जितेर कीर्तिमान बनाइन्। उनी ओलम्पिक भारोत्तोलनमा भारतका लागि रजत जित्ने पहिलो खेलाडी बनिन्। यो इभेन्ट्मा चीनकी होऊ जहुईले स्वर्ण र इन्डोनेशियाकी विन्डी असाहले कास्य पदक जितेका थिए।
भारतसहित ९ राष्ट्रले रजत पदक जितेका छन्। यस्तै १४ राष्ट्रले कास्य पदक जितेका छन्। पहिलो दिन नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भइन् । महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो राउन्डमै पराजित गरिन् ।
यसअघि आजै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरिन् । उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन् । कल्पनाले छनोट चरणमा ६१६।८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४।५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। कल्पनाले ६१६।८ स्कोर गरेर राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा भने छनोट हुन सकिनन् ।
अब नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछन् ।
आईतबार भएको खेलमा जापानले स्वर्ण पद हात पार्यो ।
आईतबार बिहान भएको, व्यक्तिगत मेडल तर्फको पौडी खेलको ४०० मिटर प्रतिष्पर्धामा जापानी खेलाडी ताकाहासी हारुखायोले स्वर्ण पदक जितेकी हुन् । यस विद्यामा उनले प्राप्त गरेको यो पदक जापानी खेलाडीले सन २००० पछि पहिलो पटक जितेको हो । ताकाहासीले ४०० मिटर पौडी ४ मिनेट ३२ सेकेन्ड ०८ मिलिसेकेन्डमा पार गरेकि हुन् । आज ताकाहासीले प्राप्त गरेको सहित जापानले २ वटा स्वर्ण पदक हात पारेको छ । ताकाहासी, २०० र ४ मिटर पौडीमा जापानको राष्ट्रिय किर्तीमाम बोकेकी खेलाडी हुन् ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।