काठमाडौं, साउन ८।
अहिले ट्वीटरको नयाँ लोगो इन्टरनेटमा चर्चाको विषय बनेको छ । ट्वीटरमा चराको लोगो देखिने अधिकांश ठाउँबाट सो लोगो हटिसकेको छ । विशेषगरी ट्वीटरको होम बटन, आधिकारिक ह्यान्डल, भेरिफिकेसन ब्याजको पछाडि आउने लोगो सबैबाट चरा हटेको छ । उक्त लोगोको ठाउँमा एक्सको अस्थायी लोगो देखिन थालेको छ ।
ट्टीटर किनेसँगै यसका मालिक रहेका यलन मस्कले शुरुमा मस्कले ट्टीटरको लोगो परिवर्तन गरेको छ । यसको आधिकारीक घोषणा भने भएको छैन । लोगोपछि के ट्वीटरको नामै परिवर्तन हुन्छ भन्ने जिज्ञासा ट्टीटर प्रेमीहरुमा देखिन थालेको छ । गत अक्टोबरमा ४४ अर्ब डलर तिरेर ट्वीटर खरिद गरेपछि मस्कले ट्वीटरमा थुप्रै परिवर्तन ल्याएका छन् । त्यसमध्ये सबैभन्दा प्रमुख परिवर्तन हो, ट्वीटरको कम्पनीको नाम । ४ अप्रिल २०२३ मा एलन मस्कले ट्वीटरको कम्पनीको नाम ट्वीटर इन्कबाट परिवर्तन गरी एक्स कर्पोरेसन राखे । त्यसपछि लगातार ट्वीटरलाई नयाँ किसिमको प्लेटफर्म बनाउनेमा एलन मस्क केन्द्रित छन् । शुरुवाती चरण ट्टीटरमा कार्यरत कर्मचारीको कटौतीबाट शुरु गरेको परिवर्तनलाई निरन्तरता दिदै मस्कले अब कम्पनीसँगै ट्टीटरको नाम र लोगो पनि परिवर्तन गर्न लागिएको हो ।
उनले ट्वीटरको आधिकारिक ट्वीटर ह्यान्डलमा नाम परिवर्तन गरेर एक्स राखिसकेका छन् । यसको अर्थ ट्वीटरलाई कम्पनीले ‘एक्स’मा रिब्रान्डिङ गरिरहेको छ । अब ट्वीटरलाई ‘एक्स, द एभ्रिथिङ एप’ भनिने भनिएको छ । सन् २००९ मा ट्वीटमा जोडिएका युट्युबर मर्किस ब्राउनलीले आफू अझै पनि ट्वीटर भन्ने भन्दै ट्वीट गरेका थिए । उक्त ट्वीटको रिप्लाई दिँदै मस्कले धेरै लामो समयसम्म ट्वीटर भन्न नपाउने बताएका छन् ।
मस्क आवद्ध भएका प्रायः कम्पनीमा एक्स जोडिएको हुन्छ । यसको उदाहरण हो यलन मस्कको अन्तरिक्ष कक्ष स्पेस एक्स त्यस कारण पनि मस्कले आफ्ना यस कम्पनीमा कार्यरत अधिकांश कर्मचारीहरुको सामाजिक संजालहरुमा प्रोफाईल परिवर्तन गरि एक्सको नयाँ लागो लगाइएको छ । उनको कम्पनी स्पेस एक्समा पनि एक्स अक्षर जोडिएको छ । मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाको एउटा मोडेलको नाममा पनि एक्स अक्षर जोडिएको छ ।
अहिले भने उनले सन् २०१७ मा पेपालबाट खरिद गरेको एक्स डटकमको डोमेनलाई ट्वीटर बनाएका छन् । मस्कले ट्वीटरलाई एक्स प्लेटफर्म बनाउन खोजेको कुरालाई समर्थन गर्दै ट्वीटरकी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लिन्डा एक्स अबको भविष्य हुने दाबी गर्दै उनले पनि आफ्नो ट्टीटरको प्रोफाईल परिवर्तन गरेकी छिन् ।