सरकार भन्दा पार्टी प्रधान हो, प्रधानमन्त्रि ओली कै निर्देशनमा एमाले दर्ता भएको हो : पुष्पकमल दाहाल “प्रचण्ड”

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1245 पटक हेरिएको

काठमाण्डौँ, साउन ९ ।  

नेकपाका नेता कमरेड पुष्पलाल स्मृति दिवसको अबसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपीशर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको बताएका छन्। आयोगमा सो पार्टी दर्ता हुनुले पार्टी संकटमा रहेको उनले बताए। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले घुमाउरो भाषामा यसअघि ओलीले नै देशभर मान्छे उतारेर विरोध प्रदर्शन गराएको संकेत गरे।

‘देशभरी जिन्दावाद मुर्दावाद भनेर मान्छे उतारियो। हामीलाई पनि सोधेका छन्। हामीले अहिले पख्नुस् भनेर मात्रै हो’ उनले भने।एकताकै निम्ति पहल भइरहेकाले आफूले जुलुस ननिकालेको उनले बताए। ‘यो पदको निम्ति नभई विचार विधि र पद्धतिको वहस हो’ प्रचण्डले भने।

नयाँ नक्सा जारी हुनुमा कुनै व्यक्ति विशेषको मात्रै योगदान रहेको नभई सबै पक्षले मिलेर जारी गरेको प्रचण्डको भनाइ छ। ‘नयाँ नक्सा पार्टीले जारी गर्न भनेको हो, पार्टीको सचिवालय बैठक हुँदाहुँदै प्रधानमन्त्रीले मुख्यसचिवलाई त्यो प्रसङ्ग थप्न लगाउनुभएको हो’ उनले भने। अझै पनि पार्टीमा विधि र विचारको विकास हुने र नफुट्ने विश्वास आफूमा रहेको उनले बताए।

नेकपा कार्यकारी अध्यक्ष प्रचण्डको सम्बोधन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार