जापान, साउन ९ ।
जापानको टोकियोमा जारी टोक्यो ओलम्पिक २०२१ हिजोबाट शुरु भएको छ । हिजोबाट जारी ओलम्पिकमा चीनकी याङ किएनले टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पार्दै स्वर्ण हात पारेकी हुन । गालासिनाले भने रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् ।
चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ को ओलम्पिक रेकर्ड स्कोरसमेत बनाइन् । गालासिनाले १५१.१ स्कोर गरेकी थिइन् । पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी चीनकी याङलाई टोकियो २०२० को पहिलो स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले मेडल प्रदान गरेका थिए । यसै प्रतिस्पर्धामा नेपाली खेलाडी कल्पना परियारले व्यक्तिगत कीर्तिमान सुधार गरेकी छन् । तर उनी पहिलो चरणबाटै बाहिरिइन् ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाले राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि पहिलो चरणबाटै बाहिरिन्