टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाले राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि पहिलो चरणबाटै बाहिरिन्

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  360 पटक हेरिएको

काठमाडौं, साउन ९ ।  

जापानमा जारी टोक्यो ओलम्पिकमा नेपाली खेलाडी कल्पना परियारले नेपालको प्रतिनिधित्व गर्दै पहिलो खेल खेलेकी थिई । तर उनी पहिलो चरणबाट नै बाहिरिईन । नेपाली सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिक-२०२० मा राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् । शनिबार भएको महिला १० मिटर एअर राइफल इभेन्टको छनोट चरणमा उनले ६१६.८ स्कोर गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

तर कुल ५० खेलाडी मध्ये ४६औं स्थानमा रहेकी उनी पहिलो चरणबाटै बाहिरिइन् । कल्पनाले यसअघि १३औं दक्षिण एसियाली खेलकुद सागमा ६१४.५ स्कोर गर्दै कीर्तिमान बनाएकी थिइन् । १३औं सागमा उनी चौथो भएकी थिइन् । टोकिया-२०२० अन्तर्गत शनिबार बिहान ओसाका सुटिङ रेन्जमा कल्पनाले ६१६.८ स्कोर गर्दै कीर्तिमान सुधारिन् तर अघिल्लो चरण पुग्न सकिनन् । छनोटबाट शीर्ष ८ स्थानमा रहने खेलाडी मात्र फाइनलमा प्रवेश गरेका छन् ।

कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरिन् । अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरेकी उनले १००.७ स्कोर गरिन् । उनले समग्रमा ६१६.८ स्कोर गरिन् । कल्पना वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी थिइन् । आजै नेपाली जुडो खेलाडी सोनिया भट्टले महिला ४८ केजीमा प्रतिस्पर्धा गर्दैछिन् ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

कोरोना महामारीका बिच टोक्यो ओलम्पिक शुरू, अगष्ट ८ तारिकसम्म जारी रहने (फोटो सहित)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार