एनआरएनए जापानको महासचिब पदमा नागोयाबाट गायक तथा संचारकर्मी श्याम सितलको उम्मेद्धारी घोषणा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  366 पटक हेरिएको

जापान, साउन ७ । 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकाल (सन २०२३–२५)का लागि वर्तमान कार्यसमितिका सचिव श्याम शितल९श्याम कुमार श्रेष्ठ०ले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन्। बिभिन्न संघ संस्था हुँदै गैरआवासीय नेपाली संघ जापानमा सन २०१७–२०१९ नागोया क्षेत्रिय समिती सचिव, सन २०१९–२०२१ नागोया क्षेत्रिय समिती संयोजक र हाल सन २०२१–२०२३ कार्यकालमा गैरआवासीय नेपाली संघ एनसिसि जापानको सचिव पदमा रहेर सक्रिय रुपमा काम गरिरहेका छन्।

श्याम शितलले उम्मेदवारी दिने,घोषणा गर्दै सामाजिक संजालमा लेखेका छन् – “संस्था आँफैमा गलत पक्कै होईन संस्था भित्र भए गरेका केहि गलत ब्यक्तिहरुले नै संस्थालाई गलत बनएका हुन भन्ने महसुस गर्दै अहिले NRNA जापान भित्र चिरा परेका मनहरुलाई मिलाउन कै लागी भए पनि मैले संस्थामा आबद्द भै संस्थालाई सबैको अपनत्व हुने महसुस गराउनु पर्ने बिचार संगै आगामी सन २०२३–२०२५ कार्यकालको लागि महासचिव पदमा आफ्नो उम्मेद्वारी दिने हजुरहरु सबैमा जानकारी गराउदै आज सम्म मैले समाजप्रति गरेको योगदानको मुल्याङ्कन गरि यदि यो अभियानमा मेरो आवश्यकता महसुस हुन्छ भने आफ्नो अमुल्य मत प्रयोग गरिसहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।”

सामाजिक संघरसंस्थाको यात्रा सुरुवात गर्नुअघिनै लोकप्रिय गायक र कुलस रेडियोकर्मीको परिचय बनाइसकेका श्यामशितल,वर्तमान सचिव पदमा रहँदा सम्पादन गरिएका कामहरुको मूल्यांकनको आधारमा निर्विरोध महासचिवमा चयन हुने विश्वासगरिएको छ। हाल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको महासचिब पदमा ३ जनाले उम्मेद्धारी घोषणा गरिसकेका छन । स्पष्ट बक्ता र सफल ब्यबसायी समेत रहेका सचिब श्याम सितल आगामी कार्यकाल २०२३–०२५ को महासचिव पदको प्रमुख दाबेदारी समेत हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार