कोरोना महामारीका बिच टोक्यो ओलम्पिक शुरू, अगष्ट ८ तारिकसम्म जारी रहने (फोटो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  842 पटक हेरिएको

जापान, साउन ८ । 

कोरोना महामारी बिचमै एक बर्ष ढिला गयी टोकियो ओलम्पिक(२०२० शुक्रबारबाट सुरूवात भएको छ । विश्व खेलकुदको महाकुभ्म मेला मानिने टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएसँगै सुरूवात भएको छ । टोकियोको राष्ट्रीय रंगशालामा शुरू भएको ३२ औं संस्करणको ओलम्पिकको उद्घाटन अरु संस्करणको भन्दा निकै फरक रह्यो । कोभिडका बेलापनि विश्व भर खेलाडीको तयारी गरेको भिडियो देखाएर उद्घाटन सुरु भएको थियो । उद्घाटनको सुरुवातमा जापानी बक्सर एरिसा सुबाटाले ट्रेडमिलमा दौडिएको देखाइएको थियो ।

योही टानेडाले डिजाइन गरेको ओलम्पिकको उद्घाटन समारोहमा शुई र जापानको माउन्ट फुजीलाई प्रतिनिधित्व गरेर बनाइएको थियो । उद्घाटन समारोहमा सिमित मात्रमा आयोजक, प्रायोजक, विशिष्ट ब्यक्तित्व र पत्रकारलाई प्रवेश गराइएको थियो । विश्वमा कोभिडले पारेको असरबाट बाहिर निस्कनका लागि सबै एकजुट हुनुपर्छ भन्ने उद्घाटनको थिम रहेको थियो । रंगशाला भित्र भब्य उद्घाटन भइरहँदा बाहिर भने ओलम्पिक हुनुहुँदैन भनेर टोकीयोका जनताले नारावाजी लगाएका थिए ।

उद्घाटन समारोहमा ओलम्पिक सुरु भएको देश ग्रिसको टिमबाट मार्च पास भएको थियो । त्यसपछि ओलम्पिकको झण्डामुनी खेल्ने रेफ्युजी टिमले प्रवेश गरेका थिए । सबै देशले आफ्नो परम्परा झल्किने ड्रेस लगाएका थिए । मार्च पासको अन्तिममा अर्को संस्करणको आयोेजक देश फ्रान्सले प्रवेश गरेको थियो । उद्घाटन समारोहमा अमेरीकी पहिलो लेडी जील बाइडेनको उपस्थिती रहेको थियो ।

उद्घाटन समारोहमा कोरोनाको संभावित संक्रमणलाई कम गर्नका लागि निकै कममात्र विशिष्ट ब्यक्तिलाई निम्तो दिइएको थियो । उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले झण्डा बोकेका थिए । जसमा खेलाडीका रुपमा गौरीका र एलेक्सले मात्र भाग लिएका थिए । बाँकी सबै पदाधिकारी रहेका थिए । मार्च पासमा नेपालबाट आठ जनाको सहभागिता रहेको थियो ।

जापानका सम्राट नारुहितोले टोकियो ओलम्पिकको उद्घाटन गरेका थिए । अगष्ट ८ सम्म चल्ने टोकियो ओलम्पिकमा दुई सय बढी देशका ११ हजार बढी खेलाडी बिभीन्न ३३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो ओलम्पिक पुराभएपछी अगष्ट २४ बाट सेप्टेम्बर ५ सम्म १६ दीन ग्रीष्मकालीन प्यारालम्पिक आयोजना हुनेछ।

फोटामा टोक्यो ओलम्पिकको उद्घाटनसत्र 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार