एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  493 पटक हेरिएको

काठमाडौं, साउन ८ ।  

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । नेकपा एमाले भित्रको बिबाद मिलाउन बनेको समितिको १० बुँदे सहमति कार्यान्वयनको क्रममा नेता माधब नेपालले अस्वीकार गरेको र बिपक्षी दलका नेतालाई प्रधानमन्त्रिमा मत दिने जस्ता दलिय मर्यादामा बिषयमा देखा परेको समस्या समाधान गर्न असफल भएको निष्कर्ष निकाल्दै संसद पदबाट नै राजिनामा दिएका थिए ।

पार्टी भित्र माधब नेपाल र अध्यक्ष के.पी शर्मा ओली सहितका नेता कार्याकर्ताको दबाबले राजिनामा फिर्ता लिएको जनाएको थियो । उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनी अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार