श्रीमतिको हत्या अभियोगमा जेल परेका पूर्व डीआईजि कोईराला सर्वोच्चको आदेश पछी छुटे

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1369 पटक हेरिएको

काठमाडौँ, साउन ८ ।

आफ्नै श्रीमतिको हत्या गरेर जलाएको अभियोगमा साढे ८ बर्ष जेल बसेका शसस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोईराला आज रिहा भएका छन् । डिल्ली बजार कारागारमा सर्वस्व सहित जन्मकैदको सजाय काटिरहेका उनी सर्बोच्चको आदेश पछि आज मुक्त भएका हुन् ।

पत्नी गीता ढकाललाई काठमाण्डौंमै हत्या गरी मकवानपुरको टिस्टुङ पालुङमा जलाएर शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए ।

केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार