जापान, साउन ८ ।
बुधबार जुलाई २२ तारिख एकैदिन जापानभर ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण रोकथाम तथा निराकरण भईसकेको जापानमा पुनः कोरोना संक्रमण बढ्न थालेको हो । पछिल्लो समय पुनः एकैदिन पुष्टि भएको यो हालसम्मकै धेरै संक्रमण हो । यसअघि अप्रिल ११ तारिख एकैदिन ७२० जनामा संक्रमण पुष्टि भएको थियो । जापानमा कोरोना संक्रमण बढेसँगै मानिसहरुलाई दैनिक जीवनमा पुनः कठिनाईहरु आउने स्वभाबिक छ । पुनः सक्रमण पहिलेको भन्दा निकै उच्च बिन्दुमा पुगेसँगै पुनः लकडाउन तथा ईमरजेन्सि अलर्ट जारी हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
बुधबार टोकियोमा २३८ जना, ओकासाकामा १२१ जना, खानागावा केनमा ६८ जना, आईची केनमा ६४ जना, साईतामा केनमा ६२ जना, चिबा केनमा ४० जना, फुकुओका केनमा ६१ जना, क्योउतोमा १९ जना, सिगा केनमा ११ जना, नारा केनमा ८ जना, होक्काईदोमा ६ जना, मियागी केनमा २ जना, फुकुसिमा केनमा १ जना, ईबाराकी केनमा ५ जना, तोचिगी केनमा ३ जना, गुन्मा केनमा ५ जना, निईगाता केनमा २ जना, तोयामा केनमा १ जना, गिफु केनमा ६ जना, सिजुओका केनमा ५ जना पुष्टि भएको हो ।
यस्तै मिए केनमा १ जना, वाखायामा केनमा ४ जना, सिमाने केनमा १ जना, हिरोशिमा केनमा ६ जना, यामागुची केनमा १ जना, खागावा केनमा १ जना, कोउची केनमा १ जना, सागा केनमा ६ जना, नागासाकी केनमा ३ जना, कुमामोतो केनमा २ जना, मियाजाकी केनमा ३ जना, खागोसिमा केन र ओकिनवा केनमा २÷२ जना तथा एयर्पोर्ट क्वारेन्टाईनमा ४ जनामा संक्रमण पुष्टि भएको छ । यो राती १२ बजेसम्मको तथ्यांक्क हो । बुधबार सम्म जापानमा २७ हजार ९ सय ८२ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १ हजार ३ जनाको निधन भएको छ भने,झण्डै २१ हजार बिरामीहरुले स्वास्थ्य लाभ लिएका छन् ।
जापानले नेपाल सहित १७ देशमा यात्रा प्रतिबन्ध लगायो
जापान सरकारले पछिल्लो पटक नेपाल सहित १७ देशमा यात्रा प्रतिबन्ध लगाएको छ । जापानमा संक्रमण पुनः बढेसँगै जापान आउन र अन्य देशमा यात्रा गर्न निषेध गरिएको छ । जापान सरकारले नेपालमा कोरोना संक्रमण बढेसँगै जापान आउन र नेपाल फर्कन पनि प्रतिबन्ध लगाएको छ । यसले नेपालमा रहेका नेपाली बिद्यार्थी, कामदार भिसाामा रहेका नेपालीहरुलाई प्रत्यक्ष असर पार्ने भएको छ ।